• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुनचाँदीको मूल्य घट्यो

      क्वेडरलाई २-० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा 

      रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

      हुलाकको पुनर्जन्म: आधुनिक राज्यको मेरुदण्ड

      एमआरपी कार्यान्वयनमा व्यवसायी अन्योलमा छन् : हिमलाल खराल

      स्विडेनलाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा प्रवेश

      पेट्रोल र डिजेलको घट्यो मूल्य

      ‘वेलकम टु द जंगल’ले पाएको सफलताप्रति के भन्छन् सुनील शेट्टी ?

      विश्वकप फुटबलमा चर्चित बन्यो ‘मर्लिन’ हाँस, भिडियो भाइरल

      विष्णु पौडेललाई रिहा गर्न सर्वाेच्चको अस्वीकार, थप कागज मगाउने आदेश

      प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई उदारताका साथ समेट्छौं

      नेपालीहरूको जीवन करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित छ : राष्ट्रपति पौडेल

      सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन एनटिसीलाई मन्त्रीको निर्देशन

      संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव

      सरकारको हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको ओलीको आरोप

    होमपेज /  राजनीती

    रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १७, बुधबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०)ले भर्खरै सम्पन्न आफ्नो पहिलो महाधिवेशनमार्फत नेपाली राजनीतिमा नयाँ र ऐतिहासिक मानक स्थापित गरेको छ । पार्टीको नयाँ केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित भएर आएका छन् । नेपालको राजनीतिक इतिहासमै सबैभन्दा ठुलो दलको केन्द्रीय समितिमा यति ठुलो सङ्ख्यामा महिलाको उपस्थिति हुनुलाई राजनीतिमा आएको सकारात्मक र सुखद परिवर्तनका रूपमा हेरिएको छ ।

    यसअघि दलहरूमा महिला सहभागिताको विषय भाषण र कागजमा मात्र सीमित रहने गरेको आरोप लाग्ने गरेको थियो । तर, रास्वपाले महिलाहरूको सक्रिय सहभागितालाई व्यवहारमा उतारेर आफूलाई बधाईको पात्र बनाएको छ । विभिन्न राजनीतिक दलका नेतृहरू र राजनीतिक विश्लेषकहरूले रास्वपाको यस कदमलाई अन्य पुराना र स्थापित दलहरूले समेत शिक्षाको रूपमा लिनुपर्ने धारणा राखेका छन् ।

    नेपालका प्रमुख राजनीतिक दलहरूले केन्द्रीय संरचनामा करिब ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रयास गरे पनि नेतृत्वको निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै कमजोर देखिन्छ । नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा करिब ३३ प्रतिशत महिला सहभागिता पुगेको तथ्याङ्क रहे पनि पदाधिकारी तहमा भने एक जना महिला मात्र समावेश भएकी छन् ।

    नेपाली कांग्रेसमा पनि विधानअनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व पु¥याउने प्रयास गरिएको भए पनि त्यो मुख्यत आरक्षण तथा समावेशी व्यवस्थामार्फत हासिल भएको देखिन्छ। यसको विपरीत, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा भने महिलाको सहभागिता तुलनात्मक रूपमा बढी स्वस्फूर्त र प्रतिस्पर्धात्मक ढङ्गले बढ्दै गएको देखिन्छ, अन्य दलमा पनि खासै फरक पाइँदैन ।

    रास्वपाले नेतृत्व तहमा महिलाको सक्रिय उपस्थिति र स्वीकार्यता विस्तार भइरहेको संकेत गर्छ । रास्वपाकी नवनिर्वाचित केन्द्रीय सदस्य विनीता कठायतले नेपाल न्यूज बैँकको टेलिफोन संवादमा यस पटकको निर्वाचनमा महिलाहरूले समानुपातिक प्रणालीमा मात्र सीमित नभई प्रत्यक्ष निर्वाचन लडेर आफ्नो क्षमता प्रदर्शन गरेको बताइन् । उनले भनिन्, पहिले महिलाहरूलाई ’सेफ साइड’ भनेर समानुपातिकमा धकेलिन्थ्यो, तर यस पटक महिलाहरूले मनोनयनमा नजाने भन्दै प्रत्यक्ष प्रतिस्पर्धामा होमिएर एकताबद्ध मिहिनेत गरेका छन् ।

    कठायतका अनुसार, यो सफलता पुरुषको भन्दा पनि महिलाहरूको आफ्नै सक्रियताको परिणाम हो । पार्टी सङ्गठनमा महिलाहरूले गरेको अथक मिहिनेतले नै ५१ प्रतिशत महिला केन्द्रीय सदस्य निर्वाचित हुन सम्भव भएको उनले स्पष्ट पारिन् ।

    नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले निर्वाचन प्रणाली र राजनीतिक सहभागितामा जनताको उत्साहजनक उपस्थिति लोकतन्त्रका लागि निकै सकारात्मक रहेको बताइन् । सबै दलहरूले संविधानले तोकेको ३३ प्रतिशत भन्दा बढी स्थान सुनिश्चित गर्दै यसलाई अझै राम्रो बनाउँदै लैजाने कुरा स्वागतयोग्य रहेको उनको भनाइ छ ।

    नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले ५१ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरिनु अत्यन्तै सकारात्मक पक्ष भएको बताइन् । उनले रास्वपाको यो सांगठनिक पहल सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पार्टीका बाँकी प्रक्रिया र कार्यकारिणी संरचनालाई पनि यसै गरी व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिइन् ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती शाहीले रास्वपाको यो कदमलाई राजनीतिक सहभागिताका क्षेत्रमा ऐतिहासिक उपलब्धि भनेकी छन् । उनले भनिन्, “यो महिलाका लागि मात्र नभएर नागरिक समान हुने अधिकारको लडाइँ हो । ५१ प्रतिशत महिला जबसम्म सबल हुन सक्दैनन्, तबसम्म न घर बन्छ, न समाज, न राष्ट्र । नेतृ शाहीले रास्वपाले तयार पारेको यो आधारले भोलिका दिनमा महिलालाई पार्टीको उच्च कार्यकारिणी पदमा पुग्न उत्प्रेरणा दिने विश्वास व्यक्त गरिन् । उनले महिला नेताहरूलाई अब यस उपलब्धिलाई चुनौतीका रूपमा आत्मसात गर्दै आफ्नो क्षमता अभिवृद्धि गरी पार्टीको नेतृत्व लिन अघि बढ्न सुझाव दिइन् ।

    साथै, शाहीले थपिन्, अहिलेको समाजलाई यसले ठुलो रिफ्लेक्ट गर्छ । जनताले भोट दिएर जुन किसिमको विश्वास रास्वपा माथि देखाएका छन्, त्यसले महिलाको राजनीतिक सहभागितालाई पनि प्रमाणित गरेको छ । यो प्रयासले अन्य राजनीतिक दलहरूलाई समेत आफ्नो संरचना सुधार गर्न दबाब सिर्जना गर्ने उनको धारणा छ

    राजनीतिक विश्लेषक सौगात गौतमले रास्वपाको महाधिवेशनबाट देखिएको महिलाहरूको उत्साहजनक सहभागिता नेपाली राजनीतिमा एउटा कोसेढुङ्गा साबित हुने बताए । संघीय संसद्को सबैभन्दा ठुलो दलले स्थापित गरेको यो मानकले अन्य राजनीतिक दलहरूका लागि पनि सकारात्मक प्रभाव पार्ने उनको विश्लेषण छ ।

    समग्रमा, रास्वपाले आफ्नो महाधिवेशनमार्फत महिला सहभागिताको जुन उदाहरण प्रस्तुत गरेको छ, त्यसले नेपाली राजनीतिमा व्याप्त परम्परागत सोचलाई चिर्न मद्दत पुग्ने देखिन्छ । यो उपलब्धि रास्वपाको सफलता मात्र नभएर नेपालको समग्र राजनीतिक संस्कारमा सकारात्मक परिवर्तनको थालनीको रूपमा लिइएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपालीहरूको जीवन करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित छ : राष्ट्रपति पौडेल

    सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन एनटिसीलाई मन्त्रीको निर्देशन

    संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव

    सरकारको हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको ओलीको आरोप

    संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे

    मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनचाँदीको मूल्य घट्यो

    क्वेडरलाई २-० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम…

    रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य…

    हुलाकको पुनर्जन्म: आधुनिक राज्यको मेरुदण्ड

    प्रचण्डलाई ओलीको जवाफः एकता गर्दैनौं पार्टी प्रवेश गर्नेलाई…

    एक्शनमा मन्त्री यादव: भाडा नतिर्ने उद्योगको लाइन काटियो,…

    गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट हटाए कालो सिसा,…

    कम्युनिस्ट एकताको प्रयासप्रति गोकुल बास्कोटाको कटाक्ष: ‘फुटेको हाँडी…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो

    पेट्रोल र डिजेलको घट्यो मूल्य

    कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑