सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले सम्पत्ति छानबिनका विषयमा सबैका लागि समान मापदण्ड लागू हुनुपर्ने बताएका छन्। उनले कानुनी अनुसन्धान र सम्पत्ति परीक्षण राजनीतिक आस्था वा दलगत निकटताका आधारमा नभई निष्पक्ष रूपमा हुनुपर्ने धारणा राखेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको सम्पत्तिमाथि छानबिन हुन सक्ने हो भने अन्य सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्तिबारे पनि समान रूपमा अनुसन्धान हुनुपर्ने बताएका छन्।
उनले कम उमेरमै उल्लेख्य सम्पत्ति आर्जन गरेका भनिएका प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङलगायतका व्यक्तिहरूको सम्पत्तिको स्रोतबारे पनि गम्भीर, पारदर्शी र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
बस्नेतले व्यक्ति, पार्टी वा राजनीतिक सम्बन्धका आधारमा फरक–फरक मापदण्ड अपनाउनु विधिको शासनविपरीत हुने उल्लेख गर्दै सम्पत्ति आर्जनको स्रोत र सम्बन्धित छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।
साथै, उनले पूर्वन्यायाधीश राजेन्द्रप्रसाद भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको विषयमा प्रश्न उठाएका छन्। उक्त प्रतिवेदन सार्वजनिक नगरी सुदन गुरुङलाई पुनर्नियुक्ति दिइएको विषयले थप शंका उत्पन्न गरेको उनको भनाइ छ।
बस्नेतले सुशासन, पारदर्शिता र कानुनी शासनलाई बलियो बनाउन सबै व्यक्तिमाथि समान कानुनी मापदण्ड लागू हुनुपर्नेमा जोड दिएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा