• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

      ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ नाराका साथ ट्राफिक प्रहरीको सडक सचेतना अभियान सुरु

      चीनको इली नदी उपत्यका क्षेत्रमा बाख्रा डुबाउने सिजन सुरु

      तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

      प्रधानमन्त्रीको देश बनाउने मन्त्रीको अराजक अभिब्यक्ति, काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु

      मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

      अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा सरकार प्रतिबद्ध : सचिव निरौला

      पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छ : शंकर पोखरेल

      सेफ सन्तोषलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

      शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह

      शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह

      टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

      टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

      सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना : राष्ट्रपति

      अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग समाचार कमेन्टमा

    होमपेज /  राजनीती

    अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा सरकार प्रतिबद्ध : सचिव निरौला

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १, सोमबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३५ पटक पढिएको
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रसाद निरौलाले नेपालको मौलिक अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन तथा पुस्तान्तरणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    सोमबार आयोजित ‘अभौतिक सांस्कृतिक सम्पदा दिवस २०८३’ तथा राष्ट्रिय सूचीकरण–सम्मान कार्यक्रम८८मा बोल्दै सचिव निरौलाले युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिअनुसार नेपालले आफ्ना दायित्वहरू कार्यान्वयन गर्दै आएको बताए।

    उनले नेपालले उक्त महासन्धिलाई अनुमोदन गरी पक्षराष्ट्र बनेपछि त्यसमा उल्लेखित प्रावधानअनुसार अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, सूचीकरण र संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। सोही प्रतिबद्धताअनुरूप असार १ गतेलाई अभौतिक सांस्कृतिक सम्पदा दिवसका रूपमा मनाउन थालिएको उनले बताए।

    सचिव निरौलाका अनुसार आर्थिक वर्ष २०८२÷८३ देखि राष्ट्रिय अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण प्रणाली सञ्चालनमा ल्याइएको छ। यसअन्तर्गत विभिन्न समुदायबाट प्राप्त आवेदन तथा मूल्यांकन समितिको सिफारिसका आधारमा सांस्कृतिक सम्पदाहरूलाई राष्ट्रिय सूचीमा समावेश गर्ने कार्य भइरहेको छ।

    उनले हालै १२ वटा सांस्कृतिक तत्वमध्ये पाँच वटा सम्पदालाई राष्ट्रिय सूचीमा समावेश गरी सार्वजनिक गरिएको जानकारी दिए। सूचीकरणमा परेका सम्पदामा नेवा समुदायको ‘योमरी पुन्हि’, माझी समुदायको ‘कोशी पूजा’, मगर समुदायको ‘भूमे पूजा’ लगायतका सामाजिक तथा सांस्कृतिक अनुष्ठानहरू समावेश रहेका छन्।

    उनका अनुसार विभिन्न समुदायमा पुस्तौंदेखि अभ्यास हुँदै आएका मौलिक सांस्कृतिक परम्परा, जात्रा, पूजा तथा विश्वास प्रणालीहरू अझै पनि जीवित रहेकाले तिनको पहिचान, अभिलेखीकरण र संरक्षण आवश्यक छ।

    ‘आधुनिकीकरणको प्रभावसँगै यस्ता परम्परागत सांस्कृतिक अभ्यासहरू ओझेलमा पर्ने खतरा बढ्दै गएको छ । यी सम्पदाहरू हाम्रो सभ्यता, पहिचान र इतिहासका जीवित दस्तावेज हुन्। त्यसैले तिनलाई संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु हाम्रो साझा दायित्व हो।’

    सचिव निरौलाले देशका विभिन्न समुदायमा अझै पनि सूचीकरण हुन बाँकी रहेका धेरै सांस्कृतिक सम्पदाहरू रहेको उल्लेख गर्दै तिनको खोज, अध्ययन तथा अभिलेखीकरणको काम निरन्तर जारी रहेको बताए।

    उनले आदिवासी जनजाति आयोग, स्थानीय तह तथा सरोकारवाला निकायहरूसँग सहकार्य गरेर यस्ता सांस्कृतिक सम्पदाको संरक्षण अभियानलाई थप प्रभावकारी बनाइने बताए।

    कार्यक्रममा राष्ट्रिय सूचीकरणमा परेका सम्पदासँग सम्बन्धित समुदायका प्रतिनिधिहरूलाई सम्मान समेत गरिएको थियो। सचिव निरौलाले सम्मानित समुदायलाई बधाई दिँदै आगामी दिनमा थप सांस्कृतिक सम्पदाहरूलाई राष्ट्रिय सूचीमा समावेश गरिने विश्वास व्यक्त गरे।

    उनले मौलिक संस्कृतिको संरक्षण केवल सरकारी दायित्व मात्र नभई समुदाय, स्थानीय तह, अनुसन्धानकर्ता तथा सञ्चारमाध्यमको समेत साझा जिम्मेवारी भएको उल्लेख गरे।

    उनले भने,‘हाम्रा संस्कार, परम्परा, जात्रा र सांस्कृतिक अभ्यासहरू जीवित रहिरहे मात्र हाम्रो पहिचान सुरक्षित रहन्छ ।यसका लागि सबै पक्षको सहकार्य आवश्यक छ।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

    पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छ : शंकर पोखरेल

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह

    प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्ता क्षेत्रमा भारतीय एसएसबीले गतिविधि बढाएकोप्रति ध्यानाकर्षण

    रास्वपाको सुदूरपश्चिम अधिवेशन आज, पार्टी सभापति लामिछानेले उद्धाटन गर्ने

    संसदिय समितिको बैठक बस्दै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ नाराका साथ ट्राफिक…

    चीनको इली नदी उपत्यका क्षेत्रमा बाख्रा डुबाउने सिजन…

    तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधि सभाको बैठक बस्दै

    वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी…

    परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै

    आर्थिक

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ : मन्त्री डा.वाग्ले

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑