• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ ३१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महाधिवेशनका लागि व्यवसायीसँग ३० हजार चन्दा मागेको पत्र सार्वजनिक, रास्वपा विवादमा

      असारका लागि पनि बैंकहरूको ब्याजदर घट्योः निक्षेपकर्ताले पाउने प्रतिफल थप कम, कुन बैंकको कति ?

      वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी : मन्त्री यादव

      मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

      कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ विमोचन 

      सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ : मन्त्री डा.वाग्ले

      स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

      सरकारी वेभसाइटलाई अपाङ्गतामैत्री बनाउने प्रयास, कर्मचारीहरुको क्षमता विकास गरिंदै

      सरकारी वेभसाइटलाई अपाङ्गतामैत्री बनाउने प्रयास, कर्मचारीहरुको क्षमता विकास गरिंदै

      काठमाडौंलाई ‘जीवन्त सङ्ग्रहालय’ बनाउँदै महानगर : पर्यटन प्रवद्र्धनमा नयाँ नीति र कार्यक्रम

      काठमाडौं महानगरले अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबलको आयोजना गर्ने

      टेम्पो भीरबाट खसालिएको घट्नाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारी

      बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएकाले नयाँ पार्टी निर्माणको अभियान थालेका हौं : धवलशमशेर राणा

      कोशीबाट कांग्रेस इतर समूहको शक्ति प्रदर्शन, शेखर–देउवा समूह एउटै मञ्चमा

      डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

    होमपेज /  राजनीती

    बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएकाले नयाँ पार्टी निर्माणको अभियान थालेका हौं : धवलशमशेर राणा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ३१, आईतबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३९ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवलशमशेर राणाले मुलुकमा एउटा मजबुद राष्ट्रवादी शक्तिको आवश्यकता महसुस भएकाले नयाँ राजनीतिक शक्ति निर्माणको अभियान अघि बढाइएको बताएका छन् ।

    प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै राणाले राप्रपाले राष्ट्रवादी शक्तिको आवश्यकता पूरा गर्न नसकेको दाबी गरे । उनले पछिल्ला उपनिर्वाचन तथा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले पनि त्यसलाई स्पष्ट पारेको बताए ।

    उनले भने, ‘यो मुलुकमा एउटा मजबुत राष्ट्रवादी शक्तिको खाँचो सबैले महसुस गरेका छौँ । त्यो खाँचोलाई परिपूर्ति गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले सकेन । त्यसको परिणाम गएका उपनिर्वाचनहरू र अहिले भर्खरै भएको प्रतिनिधिसभाको निर्वाचनले स्पष्ट पारिसकेको छ ।’

    उनले सनातन धर्म, बौद्ध तथा किराँत धर्मलाई समेट्ने सनातनी हिन्दू अधिराज्यको एजेन्डालाई जनताले अस्वीकार गरेको भन्ने टिप्पणी सत्य नभएको उल्लेख गरे । राणाले जनताले तिरस्कार गरेको विषय राप्रपाको कार्यशैली भएको जिकिर गर्दै नेपाली जनताले विगत ३५ वर्षमा पटक–पटक उक्त एजेन्डा स्थापित गर्न राप्रपालाई समर्थन गरेको बताए ।

    उनले भने, ‘धेरै व्यक्तिले के भन्न थाले भने हामीले जुन मूल्य र मान्यता तथा बोकेको एजेन्डा छ–सनातन धर्मसापेक्ष, बौद्ध र किराँत धर्मलाई समेटेको सनातनी हिन्दू अधिराज्यको एजेन्डालाई जनताले तिरस्कार ग¥यो भनेर कुराहरू आइरहेका छन्। यो कुरा सत्य होइन । जनताले तिरस्कार गरेको त राष्ट्रिय प्रजातन्त्र पार्टीको क्रियाकलाप हो नि । अहिले होइन, पार्टी जन्मेकै बेलादेखि अहिलेसम्म ३५ वर्ष भयो । नेपाली जनताले पटक–पटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एजेन्डा स्थापित गर्न, राजसंस्था स्थापित गर्न र हिन्दू अधिराज्य स्थापित गर्न सहयोग गरेकै हुन् तर हरेक पटक सहयोग गरेपछि माथिका नेताहरू त्यो एजेन्डाप्रति इमानदार र बफादार भएनन् । बरु आफ्नो व्यक्तिगत स्वार्थका लागि सबैजसो प्रधानमन्त्रीअन्तर्गत उपप्रधानमन्त्री भइदिए । गर्दागर्दै सभामुख पनि खाइदिए ।’

    राणाले प्रस्तावित नयाँ पार्टी सहमति र लोकतान्त्रिक विधिबाट सञ्चालन हुने बताए । उनले पार्टीमा अनुशासनको नाममा दण्डात्मक शैली अवलम्बन नगरिने र सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भने, ‘यो पार्टी सहमतिमा चल्ने हो । सहमति जुट्न सकेन भने प्रजातन्त्र प्रणालीमा चल्ने हो । हामीले अनुशासनको डण्डा चलाउने छैनौं । ठूलो हृद्य लिएर पार्टीलाई अगाडि बढाउने छौं । हामीले प्रयास र योजना बनाइरहेका छौं । सातवटै प्रदेशमा यसको संगठन हुने छ । आउन लागेको स्थानीय निर्वाचनमा उचित व्यक्तिहरु, भ्रष्टाचारमा लिप्त नभएका व्यक्तिहरु, जनताले चिताएका व्यक्तिहरुलाई टिकट दिनेछौं ।’

    उनले सातै प्रदेशमा संगठन विस्तार गर्ने तयारी भइरहेको जानकारी दिँदै आगामी स्थानीय तह निर्वाचनमा भ्रष्टाचारमा संलग्न नभएका, जनतामाझ लोकप्रिय र योग्य व्यक्तिहरूलाई उम्मेदवार बनाइने बताए ।

    म इमानदार मानिस हुँ : दुर्गा प्रसाईं

    यसै कार्यक्रममा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले देश निर्माणको जिम्मेवारी गम्भीर विषय भएको बताए । उनले आफूहरूले सत्य कुरा उठाउँदा पनि विभिन्न आरोप र आलोचनाको सामना गर्नुपरेको उल्लेख गरे ।

    ‘हामीलाई जहिले पनि अराजक भन्ने गरिन्छ । तर इमानदार मानिस कसैसँग डराउनु पर्दैन। म बेइमान होइन, इमानदार मानिस हुँ,’ प्रसाईंले भने, ‘झुट बोलेर घर बनाउनु छैन, गाडी चढ्नु छैन । हामीसँग आवश्यक सबै कुरा छ ।’

    प्रसाईंले इमानदारी र सत्यनिष्ठाका आधारमा देश र समाज परिवर्तनको अभियान अघि बढाइने धारणा व्यक्त गरे ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कोशीबाट कांग्रेस इतर समूहको शक्ति प्रदर्शन, शेखर–देउवा समूह एउटै मञ्चमा

    ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

    देशलाई बिछट्टै माया गर्दा संसारमा सबैभन्दा धेरै गाली र अपमान गरिने व्यक्ति भएको छु : अध्यक्ष राई 

    भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना

    मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो

    एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पपुलर नाराले भुलाइयो  

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महाधिवेशनका लागि व्यवसायीसँग ३० हजार चन्दा मागेको पत्र…

    असारका लागि पनि बैंकहरूको ब्याजदर घट्योः निक्षेपकर्ताले पाउने…

    वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी…

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी…

    परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै

    सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय

    नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल

    आर्थिक

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ : मन्त्री डा.वाग्ले

    डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑