सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। बुधबार यही सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८० रुपैयाँ रहेको थियो।
नेपाली बजारमा यसअघि गत माघ १५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त दिन सुनको भाउ एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
त्यसैगरी, चाँदीको मूल्य पनि सोही दिन प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव, अमेरिकी डलरको विनिमय दर, विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता तथा लगानीकर्ताको सुरक्षित लगानीतर्फको आकर्षणका कारण सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ। पछिल्ला दिनमा विश्व बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष देखिएको व्यवसायीहरूको भनाइ छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा