• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २१, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गैरदलीय स्थानीय तहको माग गर्दै गगन थापालाई ज्ञापनपत्र 

      प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

      जटिल प्रसूति समस्यापछि हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

      प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

      एनपीएल : कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा

      ५ हजार ३९० मिटर उचाइको न्यानला पास : हिमपातसँगै माथिल्लो डोल्पाको जनजीवन जोखिममा

      विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री

      डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ

      अर्जुनधारा धामको वार्षिक अनुष्ठानमा मिनी म्याराथन, ३९ लाख खर्च अनुमान

      दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

      बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

      उत्तरी नाका संचालन नहुँदा फलफूलको मूल्य बृद्धि, चाडपर्वको मौसममा सर्वसाधारणलाई मार

      धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

      सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

      आज धनतेरस, सुनचाँदी तथा भाँडाकुँडा खरिद गर्ने परम्परा

    होमपेज /  कला/मनोरञ्जन

    तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव : ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र, विपिन, जसिता र पल शाहलाई अवार्ड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ १०, आईतबार (५ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १५१ पटक पढिएको
  • काठमाडौं । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ को अवार्ड समारोहमा चलचित्र ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड चुमेको छ ।

    आर्टमाण्डू नेपालले निर्माण गरेको ‘ऊनको स्वीटर उत्कृष्ट फिचर फिल्म घोषित हुँदा सोही चलचित्रबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् ।

    यसैगरी चलचित्र ‘जेरी अन टप‘बाट जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन् भने अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको छ । कर्णाली अडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गर्दा उदीयमान चलचित्र निर्माता तथा वितरकको अवार्ड आशिष तामाङले र उत्कृष्ट सर्ट फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ले जितेको छ ।

    यस्तै, कर्णाली भिजनरी अवार्डबाट ‘प्रेम गीत २’का निर्माता सन्तोष सेनलाई सम्पानित गरियो ।

    आफ्नो जीवनको पहिलो अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै अभिनेत्री जसिता गुरुङले उक्त अवार्ड सम्पूर्ण दर्शकप्रति समर्पण गरिन् । ‘सोसियल आइकन एक्टर अवार्ड’बाट सम्मानित अभिनेता पल शाहले यस अवार्डले आफूलाई थप जिम्मेवारी बोध गराएको बताउँदै आगामी दिनमा पनि आफ्नो संस्था मार्फत सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । पहिलो चलचित्रबाटै उत्कृष्ट निर्देशकको अवार्ड जितेका नवीन चौहानले कामको मूल्याङ्कन भएकोमा आयोजकलाई धन्यवाद दिँदै आफू निकै गद्गद् भएको बताए ।

    महोत्सवका सल्लाहकार तथा पूर्व रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लको अध्यक्षतामा सम्पन्न समारोहको प्रमुख आकर्षण ‘इतिहासलाई फर्केर हेर्दा—पहिलो चलचित्र अवार्ड संवादू रहेको थियो । वि.सं. २०४२ सालमा भारतीय अभिनेत्री शबाना आजमीलाई नेपाल बोलाएर पहिलो पटक’ नेपाल चलचित्र अवार्ड आयोजना गरेका वरिष्ठ कलाकार नरेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा उक्त संवाद सम्पन्न भएको थियो ।

    वरिष्ठ निर्देशक तथा नेपाली चलचित्रका इतिहासकार प्रकाश सायमीले सहजीकरण गरेको सो अन्तरक्रियामा वरिष्ठ अभिनेता शिव श्रेष्ठ र वरिष्ठ अभिनेत्री शर्मिला मल्लले आफ्नो गौरवमय अनुभव साटेका थिए । समारोहमा वरिष्ठ कलाकार शिव श्रेष्ठ र महोत्सवकी संरक्षक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

    महोत्सव निर्देशक चक्र बहादुर चन्दले कर्णालीको लुकेको कला, संस्कृति र पर्यटकीय सम्भावनालाई नेपाली चलचित्रको माध्यमबाट विश्वसामु चिनाउनु नै यस महोत्सवको मुख्य उद्देश्य रहेको र कलाको सम्मान सँगसँगै चलचित्रलाई पर्यटन प्रवद्र्धनसँग जोड्न आयोजक प्रयासरत रहेको प्रष्ट पारे । त्यसैगरी नेपाल पर्यटन बोर्डका वरिष्ठ म्यानेजर सूर्य थपलियाले चलचित्र र पर्यटनको सम्भावना तथा त्यसमा पर्यटन बोर्डको भूमिकाबारे मन्तव्य राखेका थिए ।

    समारोहमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाज नेपालका अध्यक्ष अरुण प्रधान, वरिष्ठ कलाकार तथा निर्देशकरनिर्माता रेखा थापा, अभिनेता दिल श्रेष्ठ, कलाकार हिमेश पन्त, निर्माता प्रेम पुरी, कलाकार पवित्रा साँकी (मिस पबि), गीतकार हर्क साउद, महोत्सवकी सद्भावना दूत तथा अभिनेत्री सुरक्षा पन्त, निर्माता तथा निर्देशक सन्तोष सेन लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

    महोत्सवकी संरक्षक भवानी राणाले आयोजक संस्था रेड चेरी मिडियाुलाई महोत्सवको निरन्तरताको लागि शुभकामना दिइन् भने सल्लाहकार डा. महेन्द्रकुमार मल्लले आगामी वर्षहरूमा महोत्सवलाई थप परिष्कृत र जिम्मेवार रूपमा आयोजना गरिने जनाए ।
    यस वर्षको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गत वैशाख १२ गते सुर्खेतबाट शुभारम्भ भएको थियो। यसै महोत्सवको स्थानीय संस्करणको रूपमा सल्यानको कुपिण्डे दह परिसरमा ‘कुपिण्डे दह चलचित्र तथा पर्यटन महोत्सव’ समेत आयोजना गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    चिसो रातमा नेपथ्यको सांगीतिक ताप, तीन घण्टा झुम्यो इटहरी

    आफूविरुद्धको बहिष्कार अभियानप्रति दीपकराज गिरीको आपत्ति

    २४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

    डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

    डिगोमा अब नेपाली फिल्मसँगै जिओहटस्टारका फिल्म तथा सिरिजहरू 

    चीनमा विवाह गर्न अलग्गै गन्तब्य, आकर्षित हुँदैछन् जोडीहरू

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गैरदलीय स्थानीय तहको माग गर्दै गगन थापालाई ज्ञापनपत्र 

    प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार…

    जटिल प्रसूति समस्यापछि हुम्लाकी महिलाको नेपाली सेनाद्वारा हवाई…

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष…

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष…

    विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर…

    दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

    डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑