• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन

      नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० आई शृङ्खला काठमाडौंमा हुने

      चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

      सेयर लाभमा अग्रिम कर घट्यो, बाढीपीडितका लागि अस्थायी आवास बनाउने

      पाँच महिनामा ६ हजार बढी विदेशी पर्यटक हुम्ला भित्रिएपाँच महिनामा ६ हजार बढी विदेशी पर्यटक हुम्ला भित्रिए

      विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव नेपाल

      चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

      रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन पहल गर्ने

      नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

      ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

      ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा

      विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी

      बाढीपीडितको पुनर्स्थापना र जलवायु न्यायका लागि अन्तरराष्ट्रिय अभियान समिति गठनको प्रस्ताव

      वीरेन्द्रनगरको आकाशमा देखिएको इन्द्रेणी (फोटो फिचर)

      प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    होमपेज /  स्वास्थ्य

    राष्ट्रिय अपाङ्ग महासंघ विवादको घेरामा, अध्यक्ष र प्रहरी–प्रशासनको मिलेमतोमा दमन गरिएको आरोप

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ बैशाख १३, आईतबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४७ पटक पढिएको
  • काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि कार्यरत मुलुककै ठूलो छाता संस्था ‘राष्ट्रिय अपाङ्ग महासंघ नेपाल’ को हालै सम्पन्न साधारण सभा र महधिवेशन विवादको घेरामा परेको छ ।

    महासंघका पदाधिकारीहरु नै नेतृत्वको विपक्षमा उभिएका छन् । उनीहरुले वर्तमान नेतृत्वले विधानको धज्जी उडाउँदै जबरजस्ती अधिवेशन सम्पन्न गरेको आरोप लगाएका छन् ।

    देशभरीका अपाङ्ग भएका व्यक्तिहरुको संगठित रहेको संस्था राष्ट्रिय अपाङ्ग महासंघमा आर्थिक अनियमतासँगै चरम बेथिति रहेको भन्दै आवाज उठाउँदा अमानवीय व्यवहार भोग्नुपरेको पदाधिकारीहरुको भनाइ छ ।

    गत चैत २८ गते राष्ट्रिय अपांगता महासंघ नेपालको १०औं महाअधिवेशन तथा २३औं साधारण सभामा अनियमता र अन्य समस्याहरुको समाधानको लागि आवाज उठाउँदा उनलाई लछारपछार पारि ह्विलचियरमा बुट बजारिएको थियो ।

    मान्छे एकातिर, ह्विलचियर अर्कोतिर मिल्काइनुका साथै पिसाब फेर्न जान्छुभन्दा पनि जान नपाएको उनीहरु सुनाउँछन् । बुटवलको दरबार लर्न पार्टी प्यालेसमा भएको उक्त महाधिवेशनमा महासंघमा आवद्ध ४२५ वटा संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
    अधिवेशन स्थलमा भएको सुरक्षा व्यवस्थाप्रति पनि भट्टराईले कडा आपत्ति जनाएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको कार्यक्रम पहुँचयुक्त र मैत्रीपूर्ण हुनुपर्नेमा तीन घेराको सुरक्षा, निजी बाउन्सर र हतियारसहितको प्रहरी परिचालन गरेर आतंकको वातावरण सिर्जना गरिएको उनीहरूको आरोप छ ।

    महासचिव भट्टराईले भने, ‘न्यायको माग गर्दै जाँदा प्रहरीले हाम्रा साथीहरूलाई लछारपछार गर्दै हिरासतमा लियो, प्रहरी प्रशासन आयोजकको पक्षमा लागेर हाम्रो आवाज दबाउने प्रयास गरिरहेको छ ।’

    अधिवेशन तथा साधारण सभामा चरम धाँधली, विधान उल्लंघन र अमानवीय दमन भएको भन्दै वरिष्ठ उपाध्यक्ष राम बहादुर कार्कीले पनि गम्भीर आरोप लगाएका छन् ।

    चैत्र २७ र २८ गते रुपन्देहीको तिलोत्तमामा सम्पन्न भनिएको अधिवेशनमा नेतृत्वले बाउन्सर र प्रहरीको बलमा जालसाझीपूर्ण ढंगले नयाँ कार्य समिति घोषणा गरेको उनको दाबी छ ।

    अधिवेशन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरिएको र अदालतले वैशाख ३ गते दुवै पक्षलाई छलफलमा बोलाएको अवस्थामा, म्याद तामेल भइसक्दा पनि जबरजस्ती अधिवेशन गरिएको कार्कीले बताए ।

    ‘हामीले शान्तिपूर्ण र भयरहित वातावरणको माग गरेका थियौँ, तर तिलोत्तमाको दरबार पार्टी प्यालेसमा बाउन्सर र हतियारधारी प्रहरीको घेराभित्र अधिवेशन गरियो,’ कार्कीले थपे, ‘बन्द सत्रभित्र स्वयंसेवकको नाममा ५० जनाभन्दा बढी बाउन्सर राखेर प्रतिनिधिहरूलाई त्रसित पारियो । यो कुनै पनि लोकतान्त्रिक संस्थाको मर्यादा विपरित छ ।’

    वरिष्ठ उपाध्यक्ष कार्कीका अनुसार विवादको जड अध्यक्षको एकलौटी निर्णयबाट सुरु भएको हो ।
    ‘विधान अनुसार ३० दिन अगाडिसम्म सदस्यता थप गर्न सकिने व्यवस्था भएपनि ४२ दिन अगावै प्रक्रिया रोकेर महासचिवको अधिकार खोसियो,’ कार्कीले भने ।

    फर्जी संस्थाहरूलाई सदस्यता दिएको आशंकामा पदाधिकारीहरूले १७ दिनसम्म महासंघको कार्यालयमा तालाबन्दी गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौँको पाँच बुँदे निर्देशनपछि ताला खोल्ने सहमति भएपनि अध्यक्षले डकुमेन्ट अध्ययन गर्न नदिएको उनको आरोप छ ।

    अधिवेशनका क्रममा अपाङ्गता भएका प्रतिनिधिहरूमाथि निकै अमानवीय व्यवहार भएको तथ्य कार्कीले सार्वजनिक गरे । ‘ह्विलचेयर प्रयोगकर्ता साथीहरूलाई शौचालयसम्म जान दिइएन । एकजना साथीको त लुगामै पिसाब गयो । यो भन्दा ठूलो मानव अधिकार उल्लंघन के हुन्छ ?’ उनले आक्रोश व्यक्त गरे ।

    विरोध गर्ने प्रतिनिधिहरूमाथि प्रहरीको उपस्थितिमा कुटपिट भएको र म्याग्दीकी दृष्टिबिहीन महिला बिमला साधु शंकरलगायतका प्रतिनिधिहरू घाइते भएको उनले बताए । घाइतेको उपचार गर्नुको सट्टा उल्टै हिरासतमा लिएर मानसिक र शारीरिक यातना दिइएको उनको दाबी छ ।

    महासंघका महासचिव भट्टराईले निर्वाचन कमिटी गठन प्रक्रिया विधान सम्मत नभएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गर्दा पनि अदालतको निर्णयलाई अस्विकार गरेको बताए ।

    ‘विधान अनुसार निर्वाचन हुनुभन्दा एक महिना अगावै निर्वाचन कमिटी बन्नुपर्ने थियो, तर त्यसो गरिएन,’ महासचिव भट्टराईले भने, ‘हामीले यसबारे उच्च अदालत पाटनमा रिट समेत दायर गरेका थियौँ। अदालतले वैशाख ३ गतेका लागि पेशी तोकेको अवस्थामा, अदालतको निर्णयलाई समेत कुरिएन।’

    उनका अनुसार पहिलो निर्वाचन कमिटीले नैतिकताका आधारमा राजीनामा दिएपछि रातारात नयाँ कमिटी बनाएर र कार्यविधि संशोधन गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो ।

    चारसय भन्दा बढी संघ–संस्थाहरू आबद्ध रहेको महासंघमा आधाभन्दा बढी प्रतिनिधिहरूले यो अधिवेशनलाई बहिष्कार गरेको दाबी गरिएको छ ।

    विशेषगरी कोशी प्रदेश र काठमाडौंबाट गएका अधिकांश प्रतिनिधिहरू मतदान प्रक्रियामा सहभागी नभएको र विधान विपरित बनेको नयाँ कमिटीलाई आफूहरूले मान्यता नदिने उनीहरूको अडान छ ।

    महासंघभित्र विगतमा भएका आर्थिक अनियमितताका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले छानबिन गरी प्रतिवेदन समेत तयार पारिसकेको सन्दर्भमा, भट्टराईले यो अधिवेशन केवल ती अनियमितता लुकाउन गरिएको एउटा प्रपञ्च मात्र भएको बताएका छन् ।

    ‘जिल्ला प्रशासन कार्यालयले यदि अधिवेशनमा विवाद भएमा तदर्थ समिति बनाउन सक्ने पत्र पहिले नै दिइसकेको छ,’ भट्टराईले थपे, ‘अहिले हामीले प्रहरी प्रधान कार्यालय र मानव अधिकार आयोगमा समेत उजुरी गरिसकेका छौँ । अबको विकल्प भनेको यो अवैध कमिटीलाई भंग गरेर निष्पक्ष तदर्थ समिति गठन गर्नु नै हो।’

    महासंघको साख बचाउन र २५ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न आफूहरू न्यायिक र अर्धन्यायिक निकायमा आन्दोलन जारी राख्ने भट्टराईले स्पष्ट पारेका छन् ।

    यस्तै, वरिष्ठ उपाध्यक्ष कार्कीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इश्वरराज पौडेल र रुपन्देहीका डीएसपीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

    ‘सीडीओले अनियमितताको छानबिन नगरी संस्था नवीकरण गरिदिनु र डीएसपीले जालसाझी गर्नेहरूलाई सुरक्षा दिएर पीडितलाई नै थुन्नुले ठूलो मिलेमतोको संकेत गर्छ,’ उनले भने ।

    हालको अवैधानिक कमिटीलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयले तत्काल तदर्थ समिति बनाएर पुनः निष्पक्ष अधिवेशन गराउनुपर्ने, ह्विलचेयर खोसेर फाल्ने र कुटपिट गर्ने डीएसपी, निर्वाचन अधिकृत जोग बहादुर खत्री र निवर्तमान अध्यक्ष देवीदत्त आचार्यमाथि अपाङ्गता अधिकार ऐन अनुसार कारबाही हुनुपर्ने, अधिवेशन स्थलको सीसीटीभी फुटेज सुरक्षित राखेर सत्य–तथ्य छानबिन गरिनुपर्ने, उजुरी र प्रमाण हुँदाहुँदै पनि छानबिन नगरी संस्था नवीकरण गर्ने काठमाडौंका सीडीओ इश्वरराज पौडेलमाथि पनि छानबिन हुनुपर्ने उनीहरुको माग छ ।

    तर अध्यक्ष आचार्यले लगाइएको आरोपको प्रतिवाद गरेका छन् । उनले अध्यक्षले फर्जी संस्था आबद्ध गरायो भनेर विवाद झिकिएको दाबी गर्दै महाधिवेशन स्थलमा तोडफोड र हुलदंगा भएकाले सुरक्षा व्यवस्था बलियो बनाइएको बताए । अब कानुनी रुपमै विवादको समाधान गरिने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा

    केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

    बाढीले उपचार गर्ने पैसा बगाएपछि बदलिएको राजकुमार दम्पत्तीको जिन्दगी

    दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

    स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० आई शृङ्खला…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    सेयर लाभमा अग्रिम कर घट्यो, बाढीपीडितका लागि अस्थायी…

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑