• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न सेनाको अपिल

      टिकटकर रतन कार्की चितवन प्रहरीको नियन्त्रणमा

      नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत, सेवा क्षेत्रको प्रभुत्व बढ्दै, कृषि र उद्योगको हिस्सा घट्दो

      निर्वाचन विरोधी गतिविधि गर्नेलाई सरकारले छाड्दैन, सिधै कानुनी कारवाही गर्छः गृहमन्त्री अर्याल

      भ्रामक समाचार नपत्याउन मतदातासँग आसिका तामाङको अपिल

      ओखलढुंगामा टिपर ३ सय मिटर तल खस्यो, भीरमा एक जनाको शव फेला

      प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

      इजरायल–लेबनान तनाव, लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

      रोग प्रतिरोधात्मक क्षमता बढाउन सबैभन्दा राम्रो औषधि हो बेसार हालेको दूध, दैनिक पिउँदा मिल्छ ५ ठूला फाइदा

      एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

      हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

      शंकास्पद बस्तुसहित पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

      मिनाबमा १६५ बालिकाको सामूहिक अन्त्येष्टि: हवाई आक्रमणपछि इरान शोकमा, अमेरिका–इजरायल आरोप–प्रत्यारोपमा

      सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकर्ता पक्राउ

      हजुर एआई एप सार्वजनिक, ‘ठीकठाक’ मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार

    होमपेज /  अन्य

    नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत, सेवा क्षेत्रको प्रभुत्व बढ्दै, कृषि र उद्योगको हिस्सा घट्दो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन २०, बुधबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३४ पटक पढिएको
  • काठमाडौं । नेपालको आर्थिक वृद्धि दर ऐतिहासिक रूपमा औसत ४ प्रतिशत हाराहारीमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सावर्जनिक गरेको म्याक्रो इकोनोमिक रिर्पोट अनुसार १९८६ देखि १९९५ सम्मको दशकलाई आर्थिक विस्तारको कालखण्ड मानिन्छ, जहाँ औसत वृद्धि दर सम्भावित वृद्धि दर ४.३ प्रतिशतभन्दा माथि पुगेको थियो ।

    त्यसपछिका वर्षहरूमा वृद्धि दर सम्भावित स्तर वरिपरि स्थिर देखिए पनि औद्योगिक क्षेत्र क्रमशः कमजोर बन्दै गएको उल्लेख गरिएको छ । १९७५ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) को ८.२ प्रतिशत हिस्सा ओगटेको उद्योग क्षेत्र १९९५ सम्म २२.२ प्रतिशत पुगेको थियो । तर १९९५ पछिका तीन दशकमा उद्योग क्षेत्र क्रमशः खुम्चिँदै २०२५ सम्म आइपुग्दा १२.८ प्रतिशतमा सीमित भएको छ ।

    यसलाई समयअगावै औद्योगीकरणको क्षयका रूपमा विश्लेषण गरिएको छ । यसबीच नेपालले २०१५ को विनाशकारी भूकम्प, सोही वर्षको राजनीतिक पुनर्संरचना, कोभिड–१९ महामारी र हालको ‘जेनजी’ आन्दोलनजस्ता चार ठूला झट्का व्यहोरेको थियो ।

    भूकम्पपछि तीव्र उछाल, कोभिडपछि ऋणात्मक वृद्धि

    गत १० वर्ष (आव २०७१/७२–२०८१/८२) मा नेपालको अर्थतन्त्र औसत ४.२ प्रतिशत दरले बढेको छ । २०७२ सालको भूकम्पपछि २०७२/७३ मा जीडीपी वृद्धि दर ०.४ प्रतिशतमा झरेको थियो । तर त्यसपछिको पुनर्निर्माण गतिविधिले २०७३÷७४ मा ९ प्रतिशतको उच्च आर्थिक वृद्धि हासिल भयो । निर्माण क्षेत्रको विस्तारका कारण उद्योग क्षेत्रले करिब १७ प्रतिशतको अभूतपूर्व वृद्धि गरेको रिर्पोटमा उल्ल्ेख छ । तर २०७६/७७ मा कोभिड–१९ महामारीका कारण अर्थतन्त्र ऋणात्मक वृद्धिमा गएर त्यसयता वृद्धि दर ५ प्रतिशतभन्दा तलै सीमित रहँदै आएको छ ।

    सेवा क्षेत्र ६२ प्रतिशतमा, कृषि र उद्योगको हिस्सा घट्दो

    नेपालको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ५० प्रतिशतभन्दा बढी रहँदै आएको छ । २०७१/७२ मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३०.३ प्रतिशत, १५ प्रतिशत र ५४.७ प्रतिशत थियो । दशकको अन्त्यसम्म आइपुग्दा २०८१/८२ मा कृषि क्षेत्रको योगदान २५.२ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८ प्रतिशतमा झरेका छन् भने सेवा क्षेत्रको योगदान भने ६२ प्रतिशतमा पुगेको छ । यसले अर्थतन्त्रको संरचनामा सेवा क्षेत्रको प्रभुत्व बढ्दै गएको देखाउँछ ।

    उपभोगमा निर्भर समग्र माग, निजी लगानी घट्दो

    नेपालको समग्र माग मुख्यतः उपभोगमा आधारित रहेको छ । ऐतिहासिक रूपमा निजी उपभोग जीडीपीको ८५–९० प्रतिशतसम्म रहँदै आएको छ । पछिल्ला पाँच वर्षमा औसत निजी उपभोग ८७.८ प्रतिशत रहेको छ ।

    तर निजी लगानी २०७८/७९ मा २१.७ प्रतिशतबाट २०७९/८० मा १५.७ प्रतिशतमा झरेको छ र त्यसपछि पनि घट्दो क्रममा छ । २०७९/८० मा आयात नियन्त्रण नीतिका कारण निजी उपभोग र लगानी दुवैमा तीव्र गिरावट आएको विश्लेषण गरिएको छ । २०७८/७९ को तुलनामा निजी लगानी करिब ३० प्रतिशतले घटेको छ भने निजी उपभोग अझै पनि करिब ५.३ प्रतिशतले कम छ । यसैलाई २०७८/७९ पछिको आर्थिक सुस्तताको मुख्य कारण मानिएको छ ।

    पुनरुत्थानको संकेत, तर माग अझै कमजोर

    आव २०८१/८२ मा कुल आन्तरिक माग जीडीपीको १२१.५ प्रतिशत पुगेको छ, जुन २०७८/७९ को १३१.५ प्रतिशतभन्दा अझै कम हो । यद्यपि उत्पादनमूलक क्षेत्रहरू—निर्माण, उत्पादन, थोक तथा खुद्रा व्यापार पछिल्ला दुई वर्षको ऋणात्मक वृद्धिबाट बाहिर निस्कँदै सकारात्मक वृद्धितर्फ फर्किएका छन् । समग्रमा अर्थतन्त्र पुनरुत्थानको बाटोमा देखिए पनि कोभिडअघिको स्तरमा पूर्ण रूपमा फर्कन अझै समय लाग्ने संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    मिनाबमा १६५ बालिकाको सामूहिक अन्त्येष्टि: हवाई आक्रमणपछि इरान शोकमा, अमेरिका–इजरायल आरोप–प्रत्यारोपमा

    आदिवासी समुदायबारे अभिव्यक्ति दिएपछि रास्वपा उम्मेदवार सोविता गौतम विवादमा, माफी नमागे बहिष्कार गर्ने चेतावनी

    निर्वाचनले देशभरको यातायात र अर्थतन्त्र चलायमान बनाएको छ : महासचिव सिटौला

    साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टासम्म स्पष्ट देखिने

    वसन्तपुर दरबार क्षेत्रमा होलीको रौनक, विदेशी पर्यटकहरू पनि रमाए

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न सेनाको…

    टिकटकर रतन कार्की चितवन प्रहरीको नियन्त्रणमा

    नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत, सेवा क्षेत्रको…

    निर्वाचन विरोधी गतिविधि गर्नेलाई सरकारले छाड्दैन, सिधै कानुनी…

    असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न सेनाको…

    निर्वाचन विरोधी गतिविधि गर्नेलाई सरकारले छाड्दैन, सिधै कानुनी…

    भ्रामक समाचार नपत्याउन मतदातासँग आसिका तामाङको अपिल

    ओखलढुंगामा टिपर ३ सय मिटर तल खस्यो, भीरमा…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑