सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँमा झरेको छ। हिजो सुनको भाउ तोलाको तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको थियो।
गएको आइतबारदेखि मंगलबारसम्म सुनको मूल्य लगातार बढ्दै १३ हजार ७ सय रुपैयाँले वृद्धि भएको थियो। तर, आज एकैदिन ठूलो गिरावट आउँदा बजारमा उतारचढाव देखिएको हो।
यसअघि गएको माघ १५ गते सुनको भाउ एकैदिन २० हजार ५ सय रुपैयाँले बढेर तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा २७५ रुपैयाँले घटेर पाँच हजार ५४० रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो पनि चाँदीको भाउ २०५ रुपैयाँले घटेको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, विनिमय दरमा उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले नेपाली बजारमा सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन्।
काठमाडौं । निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशको नायक रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने भएको भन्दै महानयक बालेन शाह भएको दाबी गरेका छन्... विस्तृतमा