सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षाकर्मी खटिएका बेला एउटै परिवारका सदस्यहरू देशको सेवामा सक्रिय देखिएका छन्।
खप्तड छान्ना गाउँपालिका-५, बझाङकी कल्पनादेवी कार्की र उनकी छोरी पवित्राकुमारी कार्की हाल निर्वाचन प्रहरीका रूपमा खटिएका छन्। आमा–छोरी दुवै एकैसाथ राष्ट्रको जिम्मेवारी वहन गरिरहनु स्थानीयवासीका लागि गर्वको विषय बनेको छ।
यस्तै मङ्गलसेन नगरपालिका-५का तेजे नगर्ची र उनका छोरा अजय नगर्ची पनि निर्वाचन प्रहरीका रूपमा देशसेवामा खटिएका छन्। बुबा–छोरा दुवै एउटै उद्देश्यका साथ लोकतान्त्रिक प्रक्रियाको सुरक्षामा सक्रिय छन्।
निर्वाचन जस्तो संवेदनशील कार्यमा एउटै परिवारका सदस्यहरूको सहभागिताले राष्ट्रप्रतिको समर्पण र कर्तव्यनिष्ठाको सन्देश दिएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा