सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १०) सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
गत शुक्रबार भने सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। केही दिनयता अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३७५ रुपैयाँले वृद्धि भई आज ५ हजार ४२५ रुपैयाँ कायम भएको छ।
गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदीको मूल्यमा आएको यो वृद्धि लगानीकर्ता तथा उपभोक्ताका लागि चासोको विषय बनेको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा