• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

      देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

      हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन : डा.धवलशमशेर जबरा

      पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

      सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

      मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा बेलीब्रिज बन्ने, दोमुख–सिनेखर्कका बासिन्दामा उत्साह

      एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

      बाढीको चपेटामा हुलाकी राजमार्ग : ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य सर्वसाधारण

      रौतहटको धनसारमा पेट्रोल ट्याङ्कर दुर्घटनापछि आगलागी, चालक नियन्त्रणमा

      बंगलादेश फर्किने घोषणा गर्दै शेख हसिनाले भनिन ‘जेल, गिरफ्तारी वा मृत्युको डर छैन’

      सर्लाहीमा अनुदानको मलमा कालोबजारी गर्ने तीन जना पक्राउ

      हिरोसिमामा आणविक बम आक्रमणको ८१औँ वर्षगाँठ : आणविक हतियारमुक्त विश्वको आह्वान

      चार वटा संसदीय समितिको बैठक बस्दै

      राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

      काठमाडौंमा होटेल–रेष्टुरेन्टलाई प्रशासनको कडा निर्देशन : धुम्रपान क्षेत्र कानुनअनुसार व्यवस्थित गर्न आग्रह

    होमपेज /  आर्थिक

    नेशनल लाईफ इन्स्योरेन्सद्वारा एआई केन्द्रित तीनदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ २०, मंगलबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १४१ पटक पढिएको
  • पोखरा । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले “ट्रान्जिसनिङ टु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स” भन्ने नाराका साथ तीनदिने इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम पोखरास्थित होटल ग्राण्ड पोखरामा सफलतापूर्वक सम्पन्न गरेको छ ।

    कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली तथा विभागीय प्रमुखहरू सहित देशभरका शाखा कार्यालय र केन्द्रीय कार्यालयका प्रशासनिक कर्मचारी गरी कुल २७० जना कर्मचारीको सहभागिता रहेको थियो ।

    कार्यक्रमको उद्घाटन कम्पनीका अध्यक्ष श्रीमती प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । उद्घाटन मन्तव्यका क्रममा उहाँले बीमा व्यवसाय प्रविधिमैत्री बन्दै गइरहेको सन्दर्भमा आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी यस किसिमको विस्तृत तालिमले कम्पनीको व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    सो अवसरमा कार्यसम्पादन मूल्यांकनका आधारमा ‘बेस्ट इम्प्लोयी अवार्ड–२०८२’ अन्तर्गत उत्कृष्ट ठहरिएका सात जना कर्मचारी— रोहित कुमार श्रेष्ठ, जीवन बराकोटी, नेमप्रसाद थारु, बेजोन कार्की, योगेश निरौला, नविना खाती र रचना पराजुली—लाई नगद पुरस्कार तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्यका क्रममा दक्ष कर्मचारीबाट मात्र उत्कृष्ट परिणाम हासिल गर्न सकिने उल्लेख गर्दै डाटा विश्लेषण, ग्राहक सेवा प्रणाली लगायत प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवा प्रवाहलाई छिटो, सरल र गुणस्तरीय बनाउन एआई तालिमको व्यवस्था गरिएको जानकारी दिनुभयो । साथै, बीमा व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने सम्पत्ति शुद्धिकरण (Anti Money Laundering) सम्बन्धी तालिम पनि समावेश गरिएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा ब्रोडवे इन्फोसिसका सन्देश भट्टराईले विभिन्न उदाहरण प्रस्तुत गर्दै आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी गहन प्रशिक्षण प्रदान गर्नुभएको थियो । यसैगरी, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले बीमालाई माध्यम बनाएर हुने सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिँदै सम्बन्धित वित्तीय गतिविधिको सूक्ष्म निगरानी आवश्यक रहेको विषयमा प्रशिक्षण दिनुभयो ।

    कर्मचारीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य अभिवृद्धि गर्ने उद्देश्यले आर्ट अफ लिभिङका डा. डोन्जन लामिछानेबाट योग प्रशिक्षण पनि प्रदान गरिएको थियो ।

    कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको पेशागत ज्ञान परीक्षणमा उत्कृष्ट नतिजा हासिल गर्दै क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने केन्द्रीय कार्यालयका सुरक्षा सिंह, बेजोन कार्की तथा किर्तिपुर शाखाका सिद्धार्थ महर्जनलाई नगद प्रोत्साहनसहित सम्मान गरिएको थियो । साथै, प्रदेशस्तरीय फुटसल प्रतियोगितामा क्रमशः लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र केन्द्रीय कार्यालय विजेता बनेका खेलाडीहरूलाई पनि पुरस्कृत गरिएको थियो ।

    कार्यक्रमको समापन गर्दै कम्पनीका उप–कार्यकारी प्रमुख स्मृति राज कँडेलले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सीपमूलक तथा प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताउनुभयो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    आन्तरिक उडानको भाडा बढ्यो

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः…

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः…

    हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन :…

    पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति…

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः…

    पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, परिणाममुखी कार्यसम्पादनमा जोड

    आर्थिक

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑