सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । इनसाइड ट्रेडिङको आरोपमा पुस ४ गते पक्राउ परेका अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान गरिरहन आवश्यक नदेखिएको भन्दै आइतबार काठमाडौँ जिल्ला अदालतले धरौटी लिएर छाड्न आदेश दिएको हो ।
अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको चुनदेवी क्षेत्रबाट पक्राउ गरेको थियो । नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको सेयर कारोबारमा इनसाइड ट्रेडिङ गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो ।
अदालतको आदेशअनुसार अग्रवालले तोकिएको धरौटी रकम बुझाएपछि रिहा भएका छन् । यससँगै उनीविरुद्धको मुद्दामा अनुसन्धान प्रक्रिया भने कानूनअनुसार जारी रहने बताइएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा