सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै आएको बिज एजुकेशनले नेपाली क्रिकेटर हेमन्त धामीलाई आफ्नो आधिकारिक क्रिकेट ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध गरेको छ। यससम्बन्धी औपचारिक घोषणा तथा सम्झौता हस्ताक्षर कार्यक्रम आज भक्तपुरको गुट्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा सम्पन्न भएको हो।
बिज एजुकेशन र धामीबीचको सहकार्य तीन वर्षका लागि तय गरिएको छ। यद्यपि प्रत्येक वर्ष आपसी सहमतिमा कार्यसम्पादनको समीक्षा गर्दै पुनःसम्झौता (Re-agreement) गर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ। बिज एजुकेशनका अनुसार यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनमा सीमित नरही युवाको दीर्घकालीन विकास र जिम्मेवार मार्गदर्शनमा केन्द्रित रहनेछ।
बिज एजुकेशन यसअघि नै हास्य तथा चलचित्र क्षेत्रबाट जितु नेपाल (मुन्द्रे), फुटबल क्षेत्रबाट पूर्व राष्ट्रिय कप्तान उपेन्द्र मान सिंह तथा ब्याडमिन्टन खेलाडी स्वोरलिन श्रेष्ठलाई ब्रान्ड एम्बेसडरका रूपमा प्रस्तुत गरिसकेको छ। क्रिकेट क्षेत्रबाट हेमन्त धामीको आगमनसँगै संस्थाले खेलकुद, सिर्जनात्मक क्षेत्र र शिक्षालाई समान रूपमा अघि बढाउँदै युवाको सर्वाङ्गीण विकासमा जोड दिएको सन्देश दिएको छ।
कार्यक्रममा बोल्दै बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले बिज एजुकेशन केवल बेलायतका विश्वविद्यालयहरूको प्रतिनिधित्व गर्ने संस्था मात्र नभई नेपाली विद्यार्थीलाई शैक्षिक, मानसिक र आर्थिक रूपमा तयार पारेर सही निर्णय लिन सक्षम बनाउने संस्था भएको स्पष्ट पार्नुभयो। उहाँले कहिल्यै पनि विद्यार्थीलाई विदेश जान दबाब नदिइने र धेरै अवस्थामा स्नातक तह नेपालमै अध्ययन गर्न सुझाव दिइने बताउनुभयो।
१२ कक्षापछि नै महँगो देशतर्फ अध्ययनका लागि जाने विद्यार्थीहरूले भोगिरहेको संघर्षतर्फ ध्यानाकर्षण गराउँदै कार्कीले पर्याप्त तयारी, बजेट र परिपक्वता बिना विदेश अध्ययनको निर्णय उपयुक्त नहुने उल्लेख गर्नुभयो। उहाँका अनुसार बिज एजुकेशनको भूमिका विद्यार्थीलाई विदेश पठाउने मात्र नभई दीर्घकालीन भविष्यका लागि सही निर्णय गर्न मार्गदर्शन गर्नु हो।
नवनियुक्त ब्रान्ड एम्बेसडर हेमन्त धामीले बिज एजुकेशनप्रति आभार व्यक्त गर्दै शिक्षा, खेलकुद र युवाको समग्र भविष्यमा लगानी गर्ने संस्थासँग आबद्ध हुन पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो। खेल र अध्ययन सँगसँगै अघि बढाउन सकिने सन्देश युवामाझ पुर्याउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
बिज एजुकेशनले आगामी दिनहरूमा पनि जिम्मेवार शिक्षा परामर्श, वित्तीय योजना सम्बन्धी सचेतना तथा नेपाली युवाको प्रतिभा प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा