सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कुमारी बैंक लिमिटेड र बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडबीच कुमारी बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। समझदारीपत्रमा मिति २०८२ असोज ७ गते बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले बन्दिपुर केबल कारबाट प्रदान हुने सेवाहरु — केबलकार टिकट, स्काई साइक्लिङ, जिपलाइन टिकट तथा ‘डाईभ इन रेस्टुरेन्ट’मा १३ प्रतिशतसम्म छुट पाउनेछन्।
२४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले आगामी दिनमा पनि सरल, सुलभ र उत्कृष्ट सेवा उपलब्ध गराउन विभिन्न सहकार्य विस्तार गरिने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा