• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन

      नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० आई शृङ्खला काठमाडौंमा हुने

      चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

      सेयर लाभमा अग्रिम कर घट्यो, बाढीपीडितका लागि अस्थायी आवास बनाउने

      पाँच महिनामा ६ हजार बढी विदेशी पर्यटक हुम्ला भित्रिएपाँच महिनामा ६ हजार बढी विदेशी पर्यटक हुम्ला भित्रिए

      विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव नेपाल

      चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

      रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन पहल गर्ने

      नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

      ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

      ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा

      विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी

      बाढीपीडितको पुनर्स्थापना र जलवायु न्यायका लागि अन्तरराष्ट्रिय अभियान समिति गठनको प्रस्ताव

      वीरेन्द्रनगरको आकाशमा देखिएको इन्द्रेणी (फोटो फिचर)

      प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    होमपेज /  स्वास्थ्य

    मन्थलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ श्रावण २९, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४५३ पटक पढिएको
  • रामेछाप । आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास बढ्दै गएपछि मन्थलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

    गत आर्थिक वर्षमा झन्डै ३१ हजारले उपचार लिएको मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा यो वर्ष सो सङ्ख्या अझ बढ्ने एक महिनाको बिरामीको सङ्ख्याले देखाएको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्की बताउँछन् ।

    जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित चिकित्सालयमा दैनिक आउने बिरामीको सङ्ख्या बढ्दो छ । ‘सेवाको प्रचार र नागरिकको विश्वासले उपचार गराउन आउनेको सङ्ख्या बढ्दो छ’, कार्कीले भने ।

    एलोपेथिक उपचार भन्दा आयुर्वेदिक उपचारको साइड इफेक्ट कम हुने भएकोले पनि बिरामीहरू यो उपचारमा आकर्षित भएका हुन् । ‘नसर्ने र पुराना रोगको उपचार गराउने बिरामीको सङ्ख्या तुलनात्मक रूपमा बढी छ’, उनले भने ।

    कार्कीका अनुसार अहिले २३ प्रकारका निःशुल्क आयुर्वेदिक औषधि र सशुल्क औषधी समेत दिँदै आएको चिकित्सालयले प्रत्येक सोमबार रगत, पिसाब परीक्षण सहितका निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिँदै आएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला, कलेजो जाँचका लागि सो सेवा प्रदान गरिएको हो ।

    चिकित्सालयमा ओपिडीका साथै पञ्चकर्म, पूर्वकर्म, क्षारसूत्र, फिजियोथेरापी, अकुपञ्चर, प्यथोलोजी ल्याब, परामर्श र आयुर्वेदिक औषधि वितरणजस्ता सेवा सञ्चालन गर्दै आएको छ । चिकित्सालयमा लामो समयसम्म निका नभएका रोग, हाड जोर्नी, नसा, ग्यास्ट्रिक लगायत विभिन्न पेटका रोकका बिरामी, लामो समयसम्म टाउको दुखिरहने, लामो समय सुक्खा खोकी लाग्ने, पायल्स, युरिक एसिड लगायतका रोगका बिरामीहरू उपचारका लागि आउने गरेका कार्कीले बताए ।

    यसअघि बसपार्क नजिक साँघुरो संरचनामा सञ्चालन हुँदै आएको चिकित्सालयले साउनदेखि आकाशे स्थित मन्थली अस्पतालको पुरानो भवनबाट सेवा विस्तार गरेको छ । मन्थली नगरपालिका र मन्थली नगर अस्पतालले उपलब्ध गराएको सो संरचनाबाट सेवा सुरु गरेपछि सेवा प्रवाहमा निक्कै सहज भएको चिकित्सालयले जनाएको छ ।

    सो चिकित्सालयलाई २४ घण्टे इनडोर सेवा दिने अस्पतालको रूपमा विकास गर्ने तयारी भइरहेको छ । यसै आर्थिक वर्षमा सो सेवा सञ्चालन गर्ने गरी तयारी भइरहेको चिकित्सालयका अध्यक्ष नवराज पथिकले जानकारी दिए ।

    आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सहित रामेछापमा हाल ६ स्थानमा आयुर्वेद सम्बन्धी सेवा दिने संस्था छन् ।  मन्थली नगरपालिका–८ मा चिसापानी आयुर्वेद औषधालय सञ्चालनमा छ भने रामेछाप नगरपालिका–७ सुकाजोज, सुनापति गाउँपालिका–४ बेथान, गोकुलगंगा गाउँपालिका–३ रस्नालु र खाँडादेवी गाउँपालिका–८ भदौरेमा नागरिक आरोग्य सेवा केन्द्रहरू सञ्चालनमा छन् ।

    दोरम्बा शैलुङ, लिखु तामाकोशी र उमाकुण्ड गाउँपालिकामा अहिलेसम्म सो सेवा पुगेको छैन । संघीय सरकारले यस आर्थिक वर्षबाट सबै स्थानीय तहमा आयुर्वेदिक उपचारको एउटा युनिट राख्ने गरी बजेट विनियोजन गरेकाले बाँकी रहेका गाउँपालिकामा पनि यस वर्षबाट सेवा सञ्चालन हुने छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा

    केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

    बाढीले उपचार गर्ने पैसा बगाएपछि बदलिएको राजकुमार दम्पत्तीको जिन्दगी

    दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

    स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० आई शृङ्खला…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    सेयर लाभमा अग्रिम कर घट्यो, बाढीपीडितका लागि अस्थायी…

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑