सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र रिसोर्टबीच छुट सम्बन्धी सेवा उपलब्ध गराउने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ।
बैंकले जारी गरेको विज्ञप्तिअनुसार, ग्राहकहरूले हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ सेवन गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने सुविधा प्राप्त गर्नेछन्।
ग्राहकहरूले छुटको लाभ उठाउन एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा MoBank मोबाइल एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
बैंकले उक्त सहकार्यबाट ग्राहकहरूलाई आकर्षक छुटको सुविधा प्रदान हुनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन भई नगदरहित कारोबारतर्फ प्रवाह बढ्ने विश्वास लिएको छ।
धुलिखेलको रमणीय वातावरणमा अब एनआईसी एशिया बैंकका ग्राहकले स्वादिलो भोजनसँगै छुटको मजा पनि लिन सक्नेछन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा