सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको मिति सार्वजनिक गरेको छ। बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले मंगलबार सूचना जारी गर्दै परीक्षा २०७८ भदौ २८ र २९ गते सञ्चालन हुने जानकारी दिएको हो। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार मौका परीक्षा सैद्धान्तिकतर्फ एनजी (नन ग्रेडेड) प्राप्त गरेका विद्यार्थी, बढीमा दुई विषयमा अनुपस्थित भएका वा कुनै एक विषयमा एनजी वा अनुपस्थित रही अरु सबै विषयमा डी वा सोभन्दा माथि ग्रेड ल्याएका विद्यार्थीले मात्र दिन पाउनेछन्।
त्यस्तै परीक्षाफलप्रति चित्त नबुझ्ने विद्यार्थीका लागि पुनर्योग (रिचेकिङ) आवेदन साउन २९ गतेसम्म खुला गरिएको छ।
यसअघि गत वैशाख २१ देखि जेठ २ गतेसम्म कक्षा १२ को नियमित तथा आंशिक परीक्षा सञ्चालन भएको थियो। त्यसको नतिजा साउन १९ गते (सोमबार) प्रकाशित गरिएको थियो।
नतिजाअनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने १ लाख ८७ हजार २१ जना विद्यार्थी एनजी अर्थात नन ग्रेडेड भएका छन्।
बोर्डले छिट्टै मौका परीक्षाको विषयगत तालिका र परीक्षा केन्द्रसम्बन्धी जानकारी सार्वजनिक गर्ने जनाएको छ।

काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा