सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई अब देशभरका कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लि. मा उपचार गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ। बैंक र केडीसीबीच भएको सहमतिपछि यो सुविधा उपलब्ध गराइएको हो।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले डिजिटल माध्यम (डेबिट, क्रेडिट वा प्रिपेड कार्ड तथा मोबैंक एप) मार्फत भुक्तानी गर्दा विभिन्न सेवामा छुट पाउनेछन्।
यस अन्तर्गत:
यो छुट सेवा काठमाडौंको जोरपाटी, सतुंगल, पोखराको न्युरोड, चितवनको भरतपुर र बुटवलको तिलोत्तमा अवस्थित कान्तिपुर डेन्टल शाखाहरूमा उपभोग गर्न सकिनेछ।
बैंकले यस किसिमको सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय उपचार सेवा सहज र किफायती बनाउनुका साथै डिजिटल भुक्तानी प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा