सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २०८२ असार — एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच एक महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ, जसअनुसार अब अलीपे+ नेटवर्कमा आबद्ध विदेशी पर्यटकहरूले नेपालमा नेपालपे क्युआर प्रयोग गरी सोझै डिजिटल भुक्तानी गर्न सक्ने भएका छन्।
सम्झौता अनुसार, चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी लगायतका ११ भन्दा बढी देशका नागरिकहरूले आफ्नो देशको वालेट वा बैंकिङ एप प्रयोग गरी नेपालका नेपालपे क्युआर मर्चेन्टहरूमार्फत सजिलै भुक्तानी गर्न सक्ने सुविधा प्राप्त हुनेछ।
सम्झौतापत्रमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
बैंकले विश्वास व्यक्त गरेको छ कि यस सहकार्यबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूलाई थप सहजता मिल्नेछ र नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुग्नेछ। साथै, यसले अन्तरदेशीय क्युआर भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै व्यवसायिक कारोबारमा समेत नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
प्रवक्ता अर्जुन राज खनियाका अनुसार, यस किसिमको पहलले नेपालमा डिजिटल वित्तीय पहुँचलाई सुदृढ गर्दै ‘डिजिटल नेपाल’ अभियानलाई पनि टेवा पुर्याउनेछ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा