सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा अवस्थित पिक प्वाईन्ट एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका ६ जना विद्यार्थीले सर्वोत्कृष्ट जिपिए ४.० ल्याउँदै पिक प्वाईन्टको गौरवलाई नयाँ उचाइमा पुर्याएका छन्।
निर्जला दाहाल, मोहम्मद कलिम्सा, बरदान ढकाल, दिया घिमिरे, सन्दिप राजभण्डारी र विष्णु कुमारी खुलाल मगरले ४.० जिपिए ल्याउँदै विद्यालयको शैक्षिक क्षमता प्रमाणित गरेका हुन्।
यसपटक ६५ जना परीक्षार्थी सहभागी रहेका मध्ये ५३ जनाले ३.६ देखि ४.० जिपिएसम्म प्राप्त गरेका छन् भने बाँकी १२ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्।
प्रधानाध्यापक बिनय श्रेष्ठका अनुसार ४ जना विद्यार्थीले ३.९६ जिपिए प्राप्त गरेका छन् भने ३.३६ भन्दा कम जिपिए ल्याउने विद्यार्थी कोही पनि छैनन् ।
विद्यालयका प्रधानाध्यापक विनय श्रेष्ठका अनुसार, यो सफलता केवल शैक्षिक कार्यक्रमको प्रभावकारिता नभई विद्यार्थी, शिक्षक र अभिभावकको समर्पणको फल हो।
उहाँ भन्छन्, “हामीले सुरु देखिनै शैक्षिक उत्कृष्टतालाई प्रमुख लक्ष्य बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौं। हाम्रा सबै विद्यार्थी ३.२ जिपिएभन्दा माथि छन् भन्ने तथ्य आफैँमा हाम्रो प्रतिबद्धताको प्रमाण हो।”
सह-प्रधानाध्यापक महेश केसीले यो नतिजाले केवल चुनिखेल क्षेत्र होइन, सम्पूर्ण बुढानीलकण्ठ नगर र देशमै प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
“परीणामले हाम्रो शिक्षण पद्धति, विद्यार्थीको मेहनत र व्यवस्थापनको एकताको सशक्त प्रमाण प्रस्तुत गरेको छ,” उहाँले भन्नुभयो।
वि.सं. २०६० सालमा स्थापना भएको यो विद्यालयले २०७० सालदेखि एसएलसी (हाल एसईई) परीक्षा दिन थालेको हो। सुरु देखिनै ‘अनुत्तीर्ण शून्य’ को गौरव बोकेको यस विद्यालयमा हालसम्म एकजना पनि विद्यार्थी अनुत्तीर्ण भएको छैन, जुन आफैँमा एक प्रेरणादायी उपलब्धि हो।
पिक प्वाईन्ट एकेडेमी पिक प्वाईन्ट एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित तीन संस्थामध्ये प्रमुख एक हो। हाल यस नेटवर्क अन्तर्गत पिक प्वाईन्ट एकेडेमी, पिक प्वाईन्ट पब्लिक स्कुल र हार्मोनी प्रोग्रेसिभ स्कुक गरी तीनवटा शाखा छन्, जसले काठमाडौँ उपत्यकामा नै फराकिलो शैक्षिक प्रभाव जमाउँदै गएको छ।
शैक्षिक संयोजक चिरञ्जीवी नेपालका अनुसार, विद्यालयले विद्यार्थीहरूलाई केवल परीक्षा पास गर्ने नहीं, जीवनोपयोगी, मूल्यनिष्ठ र नेतृत्वमुखी शिक्षामा केन्द्रित रहँदै आएको छ।
“हामी विद्यार्थीहरूलाई प्रविधिमैत्री वातावरणमा, व्यवहारिक शिक्षा र संस्कारसहित सिकाउन विश्वास गर्छौं,” उहाँले स्पष्ट पार्नुभयो।
विद्यालयका संस्थापक सदस्य ठमिन्द्र खतिवडाले विद्यार्थी, अभिभावक र सम्पूर्ण शिक्षक समुदायलाई धन्यवाद दिँदै भने, “हामीले विगतदेखि मेहनत, अनुशासन र प्रतिबद्धतालाई प्रमुखतामा राख्दै आएका छौं। आजको यो सफलता सबैको साझा उपलब्धि हो।”
पिक प्वाईन्टको यो उपलब्धिले बुढानीलकण्ठ नगरको मात्र होइन, समग्र नेपाली शिक्षा क्षेत्रको गर्व बढाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा