सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआई)समुदायका लागि स्वास्थ्य सेवा प्रदान गर्न मायाको पहिचान नेपाल र एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रबीच साझेदारीका लागि सम्झौता भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कार्यकाल सुरु भएसँगै लैङ्गिक तथा यौनिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूको अनुदान अचानक कटौती गरेपछि समुदायलाई स्वास्थ्य सेवा दिँदै आएका २० भन्दा बढी क्लिनिकहरू बन्द भएपछि वैकल्पिक बाटो खोजीएको हो ।
नयाँ साझेदारीपछि स्वास्थ्य सेवा सुरु भएको र सेवा सस्तो, सहज र समावेशी ढङ्गमा सञ्चालन गर्ने विषयमा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बताए ।
एक एक पाइला स्वयंसेवी चिकित्सकहरूको पहलमा सञ्चालित स्वास्थ्य सेवा अभियान हो, जसले ग्रामीण र उपेक्षित क्षेत्रमा गुणस्तरीय सेवा र्पुयाउँदै आएको छ। अभियानले एलजीबीटीआई समुदायका लागि विशेष कार्यक्रम सुरु गरेको हो । जसमा यून शुल्कमा चिकित्सक परामर्श तथा यौनिक स्वास्थ्य सेवा लिन सक्नेछन् ।
यससँगै मायाको पहिचान नेपालले दुई जना स्वयंसेवक पनि खटाएको छ, जसले क्लिनिकमा सेवा लिने एलजीबीटीआई व्यक्तिहरूलाई सहज परामर्श, मार्गदर्शन तथा सम्मानजनक सेवा सुनिश्चित गर्न सहयोग गर्नेछन् ।
‘समावेशी र न्यायपूर्ण स्वास्थ्य प्रणाली निर्माणतर्फ हाम्रो यात्रामा, हामी एक एक पाइलाको साथ एक एक पाइला अगाडि बढिरहेका छौँ’, संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक पन्तले भने ।
पन्तले एक एक पाइलाका सम्पूर्ण टोली र डा।सुमन थापालाई धन्यवाद दिए। जसको नेतृत्व र सक्रियताले यो साझेदारी सम्भव भएको हो,पन्तले भने ।
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा