सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ।महालक्ष्मी विकास बैंकले आफ्ना क्रेडिट कार्ड ग्राहकहरूका लागि मासिक किस्तामा (Equal Monthly Installment – EMI) आधारित भुक्तानी सुविधा सुरु गरेको छ। बैंकले “Buy What You Love, Pay How You Like” भन्ने नारासहित यो सेवा सुरु गर्दै ग्राहकहरूको वित्तीय जीवनलाई अझ लचिलो बनाउने प्रयास गरेको हो।
यस योजनाअन्तर्गत ग्राहकहरूले नेपाल, भारत वा भुटान भित्र जुनसुकै स्थानमा रहेका विक्रेता, सप्लायर्स वा डिलरहरूमार्फत सेवा वा वस्तु खरिद गर्दा त्यसको रकम ३ महिनादेखि १२ महिनासम्मको अवधि भित्र मासिक किस्तामा तिर्न सक्नेछन्।
ग्राहकले खरिदपछि बिल बैंकमा पेश गरेपछि महालक्ष्मी विकास बैंकले सो कारोबारलाई EMI मा रूपान्तरण गर्नेछ। विशेष कुरा के छ भने, EMI मा रूपान्तरण गर्दा बैंकले कुनै पनि प्रोसेसिङ शुल्क नलिने जनाएको छ।
डिजिटल बैंकिङ्गको प्रवर्द्धन गर्दै आएको बैंकले यसअघि हालसालै “महालक्ष्मी स्मार्ट साथी” नामक परिष्कृत मोबाइल एप्लिकेसन पनि सार्वजनिक गरिसकेको छ, जसअन्तर्गत अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सेवा उपलब्ध गराइँदै आएको छ।
बैंकले भविष्यमा पनि प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवाहरू विस्तार गर्दै जाने प्रतिवद्धता जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा