सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । गोरखा, लमजुङ र तनहुँ जिल्लाको सीमामा पर्ने मस्र्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि एम. ए. पावर प्रा. लि. र विभिन्न वित्तीय संस्थाहरूबीच रु. १५ अर्ब १८ करोड ७५ लाख बराबरको ऋण लगानी सम्झौता सम्पन्न भएको छ।
२०७२ बैशाख ३१ गते, कुमारी बैंक लिमिटेडको अगुवाइमा आयोजित कार्यक्रममा लगानी सम्झौता सम्पन्न भएको हो। सम्झौतामा कुमारी बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्का र एम. ए. पावर प्रा. लि. का अध्यक्ष अनुप आचार्यको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंक लगायतका संस्थाहरूको संयुक्त लगानी रहनेछ।
आयोजनाको स्वपुँजी लगानी अध्यक्ष अनुप आचार्यसहित हरिबाबु न्यौपाने र दीपक बरालबाट हुनेछ भने डोल्मा इम्प्याक्ट फण्डले ४९ प्रतिशत सम्मको संस्थापक सेयरमा लगानी गर्ने अध्यक्ष आचार्यले जानकारी दिएका छन्।
यही समूहले निर्माण गरिरहेको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजना पनि अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ।
मस्र्याङ्दी आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०८० साल कार्तिक १ गते बिजुली खरिद–बिक्री सम्झौता (PPA) गरिसकेको छ, र आयोजनाले २०८६ साल बैशाख २२ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
आयोजनाको पर्यावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन सम्बन्धित निकायमा स्वीकृतिका लागि अन्तिम चरणमा रहेको छ। निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत् २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सबस्टेशनमा २२०/१३२ केभी मा जोडिनेछ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा