सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । शेयर बजार लगातार तेस्रो कारोबार दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार १४ दशमलव ८७ अङ्कले घटेर २ हजार ६३४ दशमलव २३ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३१४ वटा कम्पनीका २ करोड १८ लाख कित्ता शेयर ९ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै युर्निभर्सल पावर कम्पनिको ६७ करोड २० लाखमा किनबेच भयो ।
आज विकास बैंक, जीवन बीमा र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा होटल र व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
यसदिन नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा