• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ

      श्रद्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद, कार्यक्रम प्रभावित

      युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक

      राष्ट्रिय सेवा दल विधेयकमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न आङदेम्बेको आग्रह

      राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को चुनाव नेपालीका लागि पासो : दुर्गा प्रसाई

      संसदमा गृहमन्त्री सुदन गुरुङले मागे माफी

      सानो घटनामा पनि सडकमा उतारेर सेनालाई सस्तो बनाइयो : मिराज ढुंगाना

      निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार नउठाउनुस् : गृहमन्त्री गुरुङ

      देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

      देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

      हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन : डा.धवलशमशेर जबरा

      पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

      सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

      मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा बेलीब्रिज बन्ने, दोमुख–सिनेखर्कका बासिन्दामा उत्साह

      एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    होमपेज /  प्रदेश

    जनकपुरमा शालिक निर्माण विवाद :  एकातिर भूमिपुजन अर्कोतिर नाराबाजी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ बैशाख ४, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४६६ पटक पढिएको
  • जनकपुर । पछिल्ला केही दिनदेखि जनकपुरको राजनीतिक माहोल गर्माएको छ । करिब एक हप्तादेखि जनकपुरधाममा दिनहूँ कतै नाराबाजी त कतै टायर बालेर प्रदर्शन हुँदै आएको छ ।

    यसको मूल कारण स्व.रामनारायण मिश्रको शालिक निर्माण स्थलप्रति राजनीतिकर्मी र जनकपुरवासीको असन्तुष्टि हो । जसका कारण राजनीतिक विचार विभाजित भएको छ ।

    कांग्रेस समर्थकहरुले स्व.रामनारायण मिश्रको शालीक जनकपुरधामको धार्मिक एवम ऐतिहासिक महत्व बोकेको गंगा सागर पोखरीको डिलमा निर्माण गर्न लागेका छन् । तर अन्य सम्पूर्ण पार्टी र स्थानीयवासीहरुले सो स्थानमा शालिक निर्माण नहुनुपर्ने आवाज उठाउँदै आइरहेका छन् ।

    स्वर्गीय रामनारायण मिश्र लोकतान्त्रिक आन्दोलनका योद्धा एवम गाधीवादी नेता थिए । २०१५ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला सरकारमा उद्योग मन्त्री रहेका नेता मिश्रले जनकपुरधाममा रोजगारीको अवसर सृजना गर्न जनकपुर चुरोट कारखानाको स्थापना गराएका थिए । अहिंसाका पुजारी नेता मिश्र समाजको उत्थान र विकासमा निरन्तर लागेका थिए ।

    मिश्रको देहावसान भएको लामो अन्तरालपछि नेपाली कांग्रेसको सक्रियतामा मधेश प्रदेश सरकारको बजेटबाट गंगा सागरको पूर्वी डिलमा उनको स्मृति भवन निर्माण हुन लागेको हो । भवनको लागत पाँच करोड बढी रहेको छ ।

    विवादको कारण

    नेकपा एमाले, नेकपा माओवादी, नेकपा एस, जसपा नेपाललगायतका पार्टीका पदाधिकारीहरुले स्व.मिश्रको शालिक निर्माण नहोस भनेका छैनन् । उनीहरुले स्व. मिश्रको शालिक निर्माण होस र शालिक भन्दा पनि अझ बढी उनको नामबाट मेडिकल कलेज अथवा अस्पताल निर्माण होस भन्ने विचार प्रस्तुत गरेका छन् । तर हाल निर्माण हुन लागेको गंगा सागर पोखरीको डिल शालिक निर्माणको दृष्टिकोणबाट उचित नरहेको उनीहरुको भनाई छ । गंगासागर पोखरीको डिल सर्वसाधारणहरुले आवतजावत गर्न प्रयोग गर्दै आएका छन् । साथै यहाँ छठ पर्वको बेला सबैभन्दा बढी श्रद्धालुभक्तजनको भीड हुने गर्छ ।

    पोखरी छेउमै स्वर्गद्वारी रहेकाले शव जलाउन आउनेहरुलेसमेत उही बाटो प्रयोग गर्ने गर्छन । तसर्थ त्याहाँ शालिक निर्माण गरिएमा स्व मिश्रको मानमा चोट पुगेजस्तो हुने विपक्षी दलहरुको भनाई छ ।

    भूमि पुजन गरियो, विरोध कायमै

    बुधबार नेपाली कांग्रेसका अगुवा नेताहरुले शालिक निर्माण स्थलको भूमि पुजन गरेका छन् । व्यापक सुरक्षाकर्मीको उपस्थितीमा भूमि पुजन सम्पन्न भएको हो । भूमिपुजन भइरहँदा एमालेलगायत असन्तुष्ट स्थानीयवासी, धार्मिक अगुवा, विभिन्न स्थानीय क्लबका सदस्यहरुले नाराबाजी गर्दै बिरोध जनाएका थिए ।

    कांग्रेसका शीर्ष नेताहरुले जनकपुरधामको वातावरण अशान्त बनाउन विवादित स्थानमा स्व.मिश्रको शालिक निर्माण गर्न लागेको आरोप युवा नेता एवम समाजसेवी राजुकुमार साहले लगाएका छन् ।

    कांग्रेसका नेता बिमलेन्द्र निधिले आफ्नो परिवारको सदस्य (महेन्द्र नारायण निधि)को नाममा जनकपुरधाममा सांस्कृतिक भवन बनाए तर महेन्द्र नारायण निधिभन्दा बढी महत्वपूर्ण व्यक्ति स्वं रामनारायण मिश्रको सानो शालिकमात्र निर्माण गर्न लागेको आरोप साहले लगाएका छन् । उनले बिमलेन्द्र निधिले जानी जानी यहाँ विवाद सृजना गर्न लागेको आरोप लगाएका छन् ।

    यता, स्थानीयवासीले शालिक निर्माण हुनुमा कुनै समस्या नरहेको तर शालिक निर्माणको नाममा अन्य सांस्कृतिक महत्व बोकेको घाटहरु नगरपालिकाले तोडेकोमा आपत्तिजनाएका छन् । व्यवस्थित तरिकाले नामजोख गरेर निर्माण कार्य नभएको गुनासो स्थानीय श्याम ठाकुरको रहेको छ । तर असन्तुष्ट पक्षले शालिक निर्माण स्थलमा लगाइएको पण्डाल, ब्यानर लगायतका वस्तुहरु तोडेर फ्यालेका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार नउठाउनुस् : गृहमन्त्री गुरुङ

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

    पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, परिणाममुखी कार्यसम्पादनमा जोड

    ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो थप आन्दोलन गर्ने चेतावनी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले…

    श्रद्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद, कार्यक्रम…

    युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त…

    राष्ट्रिय सेवा दल विधेयकमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न…

    निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार…

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः…

    पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    आर्थिक

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑