• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धर्तीको भू-स्वर्ग बाजुराको बडी मालिकामा भदौ १ गतेबाट पूजा आरम्भ हुने

      जिल्लाका बेथिति र सवारी साधन दुरुपयोग रोक्न रास्वपा मुगुद्वारा ध्यानाकर्षण पत्र बुझाइयो

      नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

      शिक्षा मन्त्रालयमा उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र सम्पन्न

      कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

      अजित मिजार हत्या प्रकरण : न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

      आन्दोलन व्यवस्थापनमा सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर समीक्षा आवश्यक : गगन थापा

      पाँच बुँदे सहमतिसँगै इन्टर्न चिकित्सक डिल्ली हरिजनले तोडे अनशन

      राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने

      नयाँ राहदानी प्रणालीपछि सेवा सहज बन्दै, दैनिक दुई हजार आवेदन स्लट खुला

      नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द

      छात्रवृत्ति प्राप्त विद्यार्थीबाट पनि शुल्क असुल्दै विद्यालयहरु, उपमहानगर एक्सनमा

      अध्यक्ष राईद्वारा लिपुलेकदेखि ग्यास संकट र सहकारी पीडितसम्मका विषयमा सरकारको ध्यानाकर्षण

      ग्यास अभाव केही दिनमै हट्छ : मन्त्री यादव

      सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

    होमपेज /  प्रदेश

    जनकपुरको राम मन्दिरको महत्व र धार्मिक पर्यटनको अवस्था पृथक छ : डा.गायत्री झा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ चैत्र २४, आईतबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३८० पटक पढिएको
  • जनकपुरको राम मन्दिरको पृथक इतिहास छ । जनकपुर आफैंमा एक महत्वपूर्ण राजधानी भएकाले यसको इतिहास बुझ्न जरुरी छ । कुनै समय जनकपुर नगर मिथिलाको राजधानी थियो । राजा जनकको राजधानी जनकपुर थियो । जनकपुर मिथिला प्रदेश भएकाले त्यो एक राज्य थियो । मिथिलाको आधा भाग नेपालपट्टी नै छ । भारततिर आधा भाग पर्छ । त्यसैले मिथिलाको राम नवमीको महत्व पनि भिन्नै छ । त्रेता युगदेखि नै विशेष महत्व राख्दछ ।

    जनकपुर सीताको नगरी भएकाले पनि ऐतिहासिक र धार्मिक महत्व राख्दछ । जनकपुरमा सीताको विवाह भएका कारण राजा जनकको विशेष चर्चा पनि हुने गर्छ । यता, रामको जन्म पनि त्रेता युगमा भएकाले राम र सीताको सम्बन्ध उही बेलादेखि चर्चामा छ । रामनवमी र राममन्दिरको महत्व पनि त्रेता युगदेखि नै छ । जब राम र सीताको विवाह भयो त्यसपछि जनकपुरको राम मन्दिरको चर्चा हुँदै आएको हो ।

    त्रेतायुगमा ज्वाँईहरु ससुरालीमा धेरै दिनसम्म बस्नुहुन्थ्यो । सबै किसिमका राजलिला गर्नुहुन्थ्यो । ससुरालीमा सवा महिना कम्तिमा पनि बस्ने चलन थियो । त्यसैले यहाँको कोबर घरमा राम सवा महिनासम्म बस्नुभयो । त्यसक्रममा राजा जनकले सीतालाई लिएर जान रामलाई आग्रह गरेको तथ्यहरु पढ्न पाइन्छ । त्यसैले राम र सीताको छाप यहाँ बसोस भनेर दुवैजनाको पूजा गर्न चलन आजसम्म छ ।

    हिन्दु धर्ममा पहिलादेखि नै पुरुषप्रधान नै थियो र अहिले पनि छ । पहिला कुनै महिलालाई भन्न भन्दा पहिला पुरुषलाई निमन्त्रण दिने चलन छ । त्यसपछि महिला आफैं आइहाल्नुहुन्छ भन्ने प्रचलन छ । राम श्रीमान हुनुभयो ,ज्वाँई हुनुभयो । ज्वाँईलाई पहिला भन्नुपर्यो त्यसपछि छोरीलाई बोलाउदा पनि दुःख लाग्दैन । तर ज्वाँइलाई नगरे दुख लाग्छ भन्ने मान्यता छ । पुरुषप्रधान देश भएकाले राम मन्दिर जाँदा राजदेवीको मन्दिरमा पनि दर्शन गर्ने चलन छ । राजदेपी राजा जनकको कूल देवी हुनुहुन्थ्यो पनि भनिन्छ । त्यहाँ पहिले राजदेवीलाई पनि पूजा गर्ने त्यसपछि रामलाई पूजा गर्ने अनिमात्र सितालाई पूजा गर्ने प्रचलन छ ।

    राम मन्दिरको अगाडिको पोखरीमा रामले धनुष उठाउनु भएको भन्ने मान्यता रही आएको छ । त्यतिबेला धनुष तीन टुक्रा भएको थियो रे । एउटा टुक्रा धनुष सागरमा पनि खसेको थियो । त्यसैले त्यसको नाम धनुषसागर राखियो । अहिले भक्तजनहरु धनुष सागरमा स्नान गर्नुहुन्छ । त्यसपछि राम मन्दिरमा पूजाआजा गरेर कुलदेवीको पूजा गर्नुहुन्छ । तर धनुष सागरमा कसैले ध्यान दिएको पाइँदैन् ।

    पहिले सवारी साधनको सुविधा थिएन् । पैदल आउनुपर्दथ्यो । त्यसैले मान्छे कम आउथे । तर अहिले सवारी साधनहरु धेरै भएकाले भक्तजनहरु पनि धेरै आउँछन् । पर्यटनको संख्या बढिरहेको छ । भारत र नेपालको सम्बन्ध हाम्रो धार्मिक कारणले पनि प्रगाढ भएको छ । बेटीरोटीको सम्बन्ध कायम छ । उताको ज्वाईको घर, यता बुहारी घर भएकाले आउने जानेक्रम जारी नै रहन्छ ।

    राम मन्दिरको अर्को किवंदन्त पनि रहेको साधु सन्तहरुले भन्नुहुन्छ । यहाँ धेरै अगाडि अर्थात ई.स १९१० तिर एक जना बाबा आउनुभयो विन्दाञ्चलबाट । उहाँले यहाँ राम र सीताको अवस्था के छ भनेर हेर्नुभयो । हाल वर पिपलको रुख भएको ठाउँमा बस्नुभयो । बाबाले पूजा जहाँ गर्नुभयो त्यहाँ अहिले पनि पूजाआज गरिन्छ । चामल र सख्खर चढाउने प्रचलन नै बस्यो ।

    यति भब्य र पवित्र धाम अहिले साँघुरोजस्तो लाग्छ । किन कि आज पनि मन्दिर गुठि संस्थाको आधारमा चल्छ । संस्थाले जति दिन्छ त्यसैकै आधारमा राम मन्दिर चलेको छ । त्यसैले राम मन्दिरमा भव्य तरिकाले राम नवमी मनाउन सकिएको छैन् । त्यसमा सरकारले ध्यान दिनुपर्छ । अनुदानलाई बढाउनुपर्छ । साधु सन्तहरुको इच्छा पनि त्यही छ । यतिबेला मन्दिर परिसर साधुसन्तले भरिएको छ तर व्यवस्थित छैन् ।

    राम नवमीका लागि साधुसन्त धेरै आउनु पनि भएको छ । उनीहरुको सुविधाको लागि गुठि संस्थानले बास, खाजाको व्यवस्थापन गरेको छ । त्यहाँ बस्न कोठा पनि दिनुभएको छ । तर त्यो पर्याप्त होइन् । गुठी संस्थानले जति गरिरहनुभएको छ ठिकै छ । मन्दिरको विकासको लागि बास व्यवस्थापन बढाउनुपर्छ । भारत र राम मन्दिरको सम्बन्ध प्रगाढ छ । राम जानकीको सम्बन्ध भएपछि यहाँको सम्बन्ध कहिलै टुटदैन । त्यो सँधै रहन्छ । राम र सीताको सम्बन्ध कहिलै टुटदैन । विश्व समाप्त भएपछि पनि रामायण सँधै रहिरहन्छ । हाम्रो राम मन्दिरमा अयोध्याबाट नै बारती (जन्ती) आउनुहुन्छ । भारतको राम मन्दिर र यहाँको सीताजीको जानकी मन्दिरबीच सम्बन्ध प्रगाढ हुन्छ । यहाँ आएर विवाह हुन्छ । जानकी जन्मोत्सवको बेलामा विवाह पञ्चमीको बेलामा विवाह उत्सव हुन्छ ।(संस्कृतविद् डा.गायत्री झा सँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

     

     

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अजित मिजार हत्या प्रकरण : न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

    प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग, तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह

    राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को चुनाव नेपालीका लागि पासो : दुर्गा प्रसाई

    निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार नउठाउनुस् : गृहमन्त्री गुरुङ

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री

    पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धर्तीको भू-स्वर्ग बाजुराको बडी मालिकामा भदौ १ गतेबाट…

    जिल्लाका बेथिति र सवारी साधन दुरुपयोग रोक्न रास्वपा…

    नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति…

    शिक्षा मन्त्रालयमा उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र…

    अजित मिजार हत्या प्रकरण : न्यायको माग गर्दै…

    प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग, तातोपानी नाका तत्काल…

    राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को…

    निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार…

    आर्थिक

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

    कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

    २५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑