• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गाजामा युद्धको प्रभाव : अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

      कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

      चलचित्र क्षेत्र प्रवद्र्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना

      सिड्नीमा अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन हुँदै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भर्चुअल सम्बोधन गर्ने

      नेप्सेमा उत्साहजनक सुधार, परिसूचक ४१.७० अंकले उकालो लाग्दा कारोबार ५ अर्ब ५१ करोड नाघ्यो

      विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने लक्ष्मी सनराइज बैंकको अभियान, WWF नेपाल र काम्दी CFCC सँग सहकार्य*

      गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

      आयोगहरु संवैधानिक बनेपछि निष्क्रिय भयो, सरकारबाट सुझाव कार्यान्वयन भएन : सभापति राई

      केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

      केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

      साँझ ५ बजेसम्म पशुपतिमा २ लाख ३० हजार भक्तजनले दर्शन गर्ने अनुमान

      साउनको सोमबार पशुपतिनाथमा सहज दर्शन, व्यवस्थापनप्रति भक्तजनको सकारात्मक प्रतिक्रिया

      विश्वकप फाइनलमा किन हार्‍यो अर्जेन्टिना? स्पेनविरुद्ध उपाधि जोगाउन नसक्नुका ६ मुख्य कारण

      रोड्री बने विश्वकपका उत्कृष्ट खेलाडी, एम्बाप्पेले लगातार दोस्रोपटक जिते गोल्डेन बुट

      नेपालमा छायांकन अनुमति प्रक्रियामा गम्भीर त्रुटि, विधेयकमै छैन् सम्बोधन

    होमपेज /  कृषि / पशुपालन

    चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ कार्तिक २२, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १०२८ पटक पढिएको
  • काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ । कूल शोको ५० प्रतिशतभन्दा धेरै शोसहित अहिले यो चलचित्र नेपालमा चलिरहेको छ ।

    घरेलु बक्स अफिसमा उछाल ल्याएपछि यो चलचित्रको अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग बढेको छ । सिनेमाको विदेशका हलमा पनि बुकिङ खुला भइसकेको छ । अमेरिका, बेलायत, यूएई, अष्ट्रेलियालगायतका देशमा प्रदर्शन हुन लागेको हो । यी देशमा चलचित्रको बुकिङ खुला भइसकेको निर्माणपक्षले जनाएको छ ।

    यो चलचित्र अष्ट्रेलिया, न्युजिल्यान्ड र मध्य पूर्वका विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको छ । अमेरिकामा भने यो चलचित्र नोभेम्बर ८ शुक्रबारदेखि रिलिज हुँदैछ । यसैगरी यूकेमा पनि सोही दिनदेखि विभिन्न शहरहरूमा प्रदर्शन हुने तयारी छ ।

    अष्ट्रेलियामा यो चलचित्रलाई दर्शकहरूले अत्यधिक माग गरेका छन् । सिड्नीका विभिन्न शोहरू पूर्ण रूपमा बुक भएका छन् । प्रमुख सिनेमा चेनहरू जस्तै होयट्स सिनेमा, लाइमलाइट सिनेमा, भिलेज सिनेमा, स्टार थिएटर्स र न्युजिल्यान्डको इभेन्ट सिनेमा लगायतका हलहरूले थप शोहरू राख्न थालेका छन् । यसरी, एनएसडब्ल्यू, ब्रिसबेन, भिक्टोरिया, तास्मानिया र पर्थ लगायत न्युजिल्यान्डका धेरै सहरमा शोहरू राखिएका छन् ।

    मध्यपूर्वमा पनि चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको छ । टिकटहरू खुला भएको केही घण्टाभित्रै बुक भएका छन्, जसले दर्शकहरूको उत्साहलाई दर्शाउँछ । चलचित्र ’पूर्ण बहादुरको सारंगी’ शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (युएई), कतार, र बहराइनका प्रमुख सहरहरुमा प्रदर्शन हुने भएको छ ।

    अमेरिकामा चलचित्रको नोभेम्बर ८ को रिलिजलाई लिएर उच्च उत्साह छ । मंगलबारदेखि टिकट बुकिङ खुला गरिएको छ र धेरै स्थानहरूमा शोहरू फुल भइरहेको हुँदा केही हलहरूले दुई सातासम्म अग्रिम बुकिङका लागि शोहरू थपेका छन् । टेक्सासको डलास, ह्यूस्टन, अस्टिन, वाको; ओहायोको कोलम्बस, सिन्सिनाटी, क्लीभल्याण्ड; बोस्टन, न्यू ह्याम्पशायर, कनेक्टिकट, पेन्सिलभेनिया, केन्टकी, नेब्रास्का, आयोवा, शिकागो; क्यालिफोर्नियाको बे एरिया र लस एन्जलस, सियाटल, ओरेगन; डेनभर, फिनिक्स लगायतका प्रमुख सहरमा शोहरू हुनेछन् ।

    यूकेमा पनि यो चलचित्र नोभेम्बर ८ देखि विभिन्न शहरका सिनेवर्ल्ड हलहरूमा प्रदर्शन हुनेछ। यी देशका धेरै सहरमा उच्च शोसहित चलसचित्र चल्ने निर्माणपक्षले जनाएको छ । यी देशका दर्जनौं हलमा यो सिनेमा प्रदर्शन हुनेछ ।

    मंगलबार जापानदेखि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन सुरु गरेको यसले जापानको टोकियोमा हाउसफुल शोबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ गर्न सफल भएको थियो । यस हिसाबले चलचित्र ’पूर्ण बहादुरको सारंगी’ले नेपालमा प्राप्त गरेको अपार सफलतालाई अन्तर्राष्ट्रिय स्तरमा पनि दोहो¥याइरहेको छ । नेपाली डायस्पोराले विश्वव्यापी रूपमा दिएको समर्थनले चलचित्रलाई झनै सशक्त बनाएको छ ।

    ‘नेपालीको बसोबास रहेका ठाउँमा नेपाली चलचित्रको माग बढ्दो छ । पूर्ण बहादुरको सारङ्गी नेपालमा पनि राम्रो चलिरहेकाले विदेशमा पनि चल्छ भन्ने हाम्रो विश्वास छ,” निर्माता प्याट्रिक सुवेदी भन्छन्, “दुई तीन घण्टा ड्राइभ गरेर नेपालीहरू नेपाली चलचित्र हेर्न आउनुहुन्छ । यसमा पनि त्यो क्रेज देखिनेछ ।”

    सरोज पौडेल निर्देशित यस सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

    सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा छन् ।

    यो सिनेमालाई अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    ग्रामीण क्षेत्रका महिलाहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित

    निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

    ‘जार’मा इन्द्रबहादुर राईको कथा, ट्रेलर सार्वजनिक

    केरा खेति तर्फ आर्कषित रौतहटका कृषक

    बेमौसमी तरकारी खेतीमा आकर्षित मुगुका कृषक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गाजामा युद्धको प्रभाव : अंगभंग शरीरमै फुटवल खेल्दैछन्…

    कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका…

    चलचित्र क्षेत्र प्रवद्र्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ…

    सिड्नीमा अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन हुँदै, अर्थमन्त्री डा.…

    आईजीपी दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान

    श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता,…

    बालेन सरकारको प्रारम्भ नै मान्छे मार्ने र षड्यन्त्रबाट…

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार…

    आर्थिक

    नेप्सेमा उत्साहजनक सुधार, परिसूचक ४१.७० अंकले उकालो लाग्दा कारोबार ५ अर्ब ५१ करोड नाघ्यो

    विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने लक्ष्मी सनराइज बैंकको अभियान, WWF नेपाल र काम्दी CFCC सँग सहकार्य*

    गैरकानूनी व्यापार गर्नेलाई कारबाही गर्ने उद्योग मन्त्रालय अन्तरगत वाणिज्य विभागको गम्भीर चेतावनी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑