सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ फागुन । मकवानपुरका रामबहादुर रुम्बा राम्रो कमाइ हुने प्रलोभनमा परेर संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । घरको आर्थिक अवस्था र परिवार पाल्ने र कमाएर घरपरिवारलाई सुखसुविधा दिने अठोट गरेर काठमाडौंमा रहेको प्याराडाइज इन्टरनेसनल प्रालिमार्फत विभिन्न चरणमा गरी रुम्बालगायत ७० जनाभन्दा बढी नेपाली कामदार यूएईको सीआरसी कम्पनी क्लिनरको कामका लागि पुगेका थिए ।
मेनपावर कम्पनीलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ बुझाएर त्यहाँ पुगेका उनीहरू अहिले सम्झौताअनुसारको काम र तलब नपाएपछि तनावमा छन् । मेनपावरले उनीहरूलाई ८ घण्टा काम गरेबापत ८ सय दिराम तलब दिने भनेको थियो । तर, १६ घण्टा काममा पेलाएर ८ घण्टाको मात्र तलब दिने गरेको र आफूहरूमाथि रोजगारदाताले श्रम शोषण गरेको पीडितले बताएका छन् ।
‘हामीलाई मेनपावरले गरेको करार सम्झौतापत्रमा दैनिक ८ घण्टा, २६ दिन काम गरेबापत ८ सय दिराम तलब र खान बस्न कम्पनीले दिने भनिएको छ,’ रुम्बाले राजधानीसँग भने, ‘तर, यहाँ कम्पनीले १६ घण्टा काममा लगाउँछ, खाना खाने पैसा पनि दिँदैन, खाना आफ्नै पैसाले खानुपर्छ, ४ सय दिराम पनि बचाउन मुस्किल पर्छ ।’ मेनपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभन दिएर आफूहरूसँग २ लाख रुपैयाँसम्म असुली गरेर पठाएको उनीहरूले बताए ।
‘ऋण काढेर विदेश आइयो, यहाँ आइयो सम्झौता गरेअनुसारको काम र तलब पनि पाएका छैनौं, जाबो १५ हजार नेपाली रुपैयाँ जोगाएर के गर्नु ? परिवार पाल्नु कि साहुलाई ऋण तिर्नु ? हामी धेरै समस्यामा छौं, मेनपावर कम्पनीले हाम्रो माग बेलैमा सुनुवाइ गरोस्, नत्र काठमाडौं फर्किएर आन्दोलन गर्न बाध्य हुनेछौं,’ उनीहरूले सार्वजनिक गरेको भिडियोमा भनिएको छ ।
मेनपावरले सम्झौता गरेअनुसारको काम र तलब नदिए आफूहरू जस्तोसुकै कदम चाल्न बाध्य हुने भन्दै बेलैमा समस्या समाधान गर्न पनि उनीहरूले मेनपावरलाई भनेका छन् । उनीहरूले अहिलेको तलबले खानै समस्या भएको भन्दै काठमाडौं फर्केर मेनपावर तोडफोड गर्नेसम्मको चेतावनी दिएका छन् ।
उनीहरूले कि त सम्झौतामा उल्लेख गरिएअनुसारको काम र तलब उपलब्ध गराउन र त्यसो गर्न नसके सकुशल स्वदेश फर्कने वातावरण मिलाउन र आफूहरूले तिरेको पैसा फिर्ता गराउन पनि अबुधाबीमा रहेको नेपाली दूतावास र नेपाल सरकारलाई अनुरोध गरेका छन्
ओभरटाइमको तलब नपाए हामी जिम्मेवार हुन्छौं : कम्पनी
उनीहरू गएको एक हप्ता पनि नभएको र तलब पाउने समय नै नभएको प्याराडाइज इन्टर नेसनलका सञ्चालक नवराज केसीले बताए । आफ् नो भतिज पनि त्यो कम्पनीमा गएको र कुराकानी भइरहेको भन्दै सञ्चालक केसीले त्यहाँ तराई क्षेत्रका केही व्यक्तिले हुलदंगा गराएको बताए ।
अहिले आधिकारिक रूपमा मेनपावरमा उनीहरूले कुनै पनि जानकारी नगराएको उनले बताए । ‘त्यहाँ भिडमा एक जना मान्छेले कहाँबाट आएर हुलदंगा गराउँदै छ त्यो हामी बुझ्दै छौं,’ उनले भने, ‘सम्झौताअनुसारको तलब नपाए हामी जिम्मेवार हुन्छौं, अहिले १६ घण्टा काम लगाएको भए पनि त्यो ओभरटाइमको पैसा पनि उनीहरूले पाउँछन् ।’
उनीहरूलाई विशुद्ध लेवर भिसामा सीआरसी कम्पनीमा पठाएको उनले बताए । ‘ उनीहरू क्लिनर कामका लागि गएका होइनन्, उनीहरूलाई यहाँबाट जे कामका लागि पठाइएको हो त्यहाँ पनि त्यही काम दिइएको र काम गरेअनुसारको सबै तलब पनि पाउँछन्, नपाए हामी छँदै छौं,’ उनले थपे । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा