• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

      सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

      राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      रास्वपा महाधिवेशनः उपसभापति पदमा प्रतिभा रावलको उम्मेदवारी घोषणा

      दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

      गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

      १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

      ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

      म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

    होमपेज /  पत्रपत्रिका

    प्रचण्ड–ओली गठबन्धन कति सम्भव ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० फागुन ९, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३६४ पटक पढिएको
  • काठमाडौँ, ९ फागुन ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार नयाँ गठबन्धन’bout छलफल भएको छ ।

    सत्तारूढ नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा चलिरहेको छ । सत्तारूढ गठबन्धनको ’boutमा समेत महासमिति बैठकमा छलफल जारी रहेको र गठबन्धनलाई नै प्रभावित गर्नसक्ने बुझाइमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनका लागि एमालेसँग छलफल थालेका बताइएको छ ।

    अहिलेको सत्तारूढ गठबन्धनका ’boutमा कांग्रेस महासमिति बैठकमा भइरहेको टीका टिप्पणी र छलफलले त्रसित प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन गरेर आफ्नो कुर्सी सुरक्षित गर्नका लागि ओलीसँग सम्बन्ध बढाएको टिप्पणीसमेत हुनथालेको छ ।

    कांग्रेसले निर्वाचनपछि सरकारको नेतृत्व गर्न आलटाल गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओली निवास बालकोट पुगेर प्रधानमन्त्री भएका थिए । ‘कांग्रेस महासमिति बैठकमा भइरहेको छलफलले त्रसित प्रचण्डले आफ्नो कुर्सी सुरक्षित गर्न पुनः एमालेसँग हिमचिम बढाएको हुनसक्छ,’ एमालेका एक पदाधिकारीले भने ।

    संघीय र प्रदेश सरकार कुनैमा पनि नभएको एमाले राजनीतिक नियुक्तिलगायतका विभिन्न अवसरबाट वञ्चित हँुदै आएको छ । सोही कारण एमालेले अहिलेको सत्तारूढ गठबन्धन भत्काउन खोजेको र सरकारमा हिस्सेदार बन्न खोजेको छ । कांग्रेस महासमिति बैठकमा गठबन्धन नै भत्किनेगरी भइरहेको छलफलका बीच ओलीले त्यसलाई अवसरका रूपमा लिएका छन् भने प्रचण्डले आफू नेतृत्वको सरकार जोगाउन एमालेसँग नजिकिएका हुन् ।

    एमाले र माओवादी दुवै पार्टीमा रहेका एक समूहले कम्युनिस्ट पार्टीबीचमा एकता र गठबन्धन हुनुपर्ने भन्दै लबिइङ गर्दै आएका छन् । सत्ता स्वार्थका कारण अलग भएका कम्युनिस्ट पार्टी अहिले पुनः सत्ता स्वार्थकै कारण मिल्न खोजेको टिप्पणीसमेत भइरहेको छ । यसअघिसमेत प्रचण्ड र ओलीबीच भेटघाट हुँदा गठबन्धनको हेरफेरका ’boutमा छलफल हुँदै आएको छ ।

    एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, माओवादीका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनलगायतका नेताले वाम एकताका कुरा उठाउँदै आएका छन् । कतिपयले भारतमा हुने सन् २०२४ को निर्वाचनअघि भारतीयले अहिलेको सत्तारूढ गठबन्धन चलाउन नचाहेकै अवस्थामा चीनले भारतको निर्वाचनअघि नै कम्युनिस्टहरूबीच एकता गराई अहिलेको सत्तारूढ गठबन्धन टुटाउन खोजेको छ ।

    प्रचण्ड र ओलीबीच नयाँ गठबन्धन’bout छलफल भएको भए पनि बालुवाटार स्रोतले भने त्यसलाई अस्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकलाई टुंगो लगाउने लगायतका ’boutमा छलफल भएको दाबी गरेको छ ।

    प्रधानमन्त्रीलाई ‘हुतिहारा’को संज्ञा
    प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक मंगलबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामा ‘नैतिकता नभएको’ टिप्पणी गरेका छन् । साथै उनले प्रधानमन्त्री प्रचण्डलाई ‘हुतिहारा’को संज्ञा पनि दिए ।

    ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा उनले मन्त्रीको गलत क्रियाकलापले बालकुमारीमा मान्छेको ज्यान गएको सरकारी प्रतिवेदनले देखाएकाले मन्त्री ज्वालाले पदबाट राजीनामा दिनुपर्नेमा जोड दिए ।

    आफूमाथि दोष लाग्दासमेत मन्त्री ज्वाला गाडीमा राष्ट्रिय झन्डा हल्लाउँदै हिँडिरहेको उनले आरोप लगाए । ‘त्यो मन्त्री बसिरहन मिल्छ ? लोकलाज पनि छैन ? नैतिकता नभएको मन्त्री, हुतिहारा प्रधानमन्त्री,’ ओलीले भने, ‘आफूमाथि दोष लाग्दा पनि झन्डा हल्लाउँदै हिँडेका छन् ।’

    ओलीले प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाई ललिपप देखाएर सिद्धान्त, नीति छाड्छौं भन्नेजस्तो धूर्त खेल देखाएको आरोपसमेत लगाए । ओलीले राष्ट्रिय सभा निर्वाचनलाई देखाएर टीआरसी विधेयकसँग प्रचण्ड र देउवाले एमालेसँग खेल्न खोजेको बताए । उनले राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग एमालेले सिट नमागेको पनि प्रस्ट पारे ।

    ‘उहाँहरूले हमीलाई ललिपप देखाएर सिद्धान्त, नीति छाड्छौं भन्नेजस्तो धूर्त खेल देखाउनुभयो, उहाँहरू (प्रचण्ड, देउवा) ले बोलाएअनुसार गयौं, साक्षीको बिन्दुमा पुगेपछि नसकिने भन्नुभयो,’ एमाले अध्यक्ष ओलीले भने, ‘कुनै पनि हालतमा गर्छौं भनेको कुरा अरू सहयोगीले मानेनन् भन्नेजस्तो कुरा राख्नुभयो, हामी आफ्ना नीति र दृष्टिकोणमा प्रस्ट थियौं ।’

    उनले प्रचण्ड र देउवाले ललिपप देखाएर सिद्धान्त र नीति छाडेर मिल्छौं भन्ने खेल खेल्न खोजेको टिप्पणी गरे । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’…

    एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

    ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ…

    वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ :…

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑