• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

      आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

      उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

      अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

      सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण

      आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

      सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

      राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    होमपेज /  पत्रपत्रिका

    ३० वर्षदेखि ओढारको बास

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० माघ २६, शुक्रबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४०७ पटक पढिएको
  • बैतडी, २६ माघ । बैतडीको मेलौली नगरपालिका–३ ढणौनका नरबहादुर चन्द विगत ३० वर्षदेखि ओढारमा बस्दै आएका छन् । ६४ वर्षका उनी सामान्य मानिसले सहजै पुग्न नसकिने अप्ठ्यारो भीरको ओढारमा बस्दै आएका छन् ।

    ओढारभित्र उनीसँग कुच्चिएका स्टील र प्लास्टिकका भाँडाकुँडा तथा कसैले फालेर छाडेका झुत्रिएका लुगाबाहेक केही छैन । चन्दको मानसिक अवस्था सुस्त छ । आमाबुबाको मृत्यु भएदेखि नै चन्द त्यही ओढारमा बस्दै आएको स्थानीयवासी बताउँछन् ।

    एक्लो सन्तानका रूपमा रहेका चन्द बाल्यकालमै बुबासँग भारत गएका थिए । भारतमा रहेका बखत बेपत्ता भएका चन्द ३५ वर्षपछि घर फर्किए । मानसिक अवस्था सुस्त भएका उनी घर फर्किएको केही समयपछि आमाबुबा गुमाएकाले त्यसपछि घरमा बस्नै छोडे ।

    उनी छरछिमेकीको दाउरा बोक्ने, सरसामान ओसार्नेलगायत सकेको अनुसारको काम गरी बेलुका चामल किनेर ओढारमा फर्किने गरेका छन् । गाउँमा मानसिक सन्तुलन गुमाएका भनिए पनि उनमा त्यस्तो लक्षण खासै केही देखिँदैन ।

    एकसरो लुगासमेत नरहेका उनी दिनैभर गाउँलेको काम गरेर जीवन चलाइरहेका छन् । ‘एक्लाको हातबाट घर बन्दैन, कसरी घरमा बस्ने ?’ उनी भन्छन्, ‘ओढारमा बस्दा निकै चिसो हुन्छ, साँझपख हावाहुरी चल्छ, पछि निकै चिसो हुन्छ, पानी परेको समयमा बस्नै सकिन्न, लुगा छैन ।’

    दिनैभर गाउँ चहारेर बेलुका ओढारमा फर्किने चन्दका अधिकांश रात भोकै बित्ने गरेको छ । ‘दिनदिनै कहाँबाट पकाउने ? कसैले पैसा दिएपछि किन्छु, अन्न सागपात दिए ल्याएर पकाउँछु, नत्र भोकै सुत्छु,’ उनी भन्छन् ।

    चन्द कुनै पनि जिज्ञासाको छोटो जवाफ दिन्छन् । कसैलाई कुट्ने, गाली गर्ने, झम्टने, चोरी गर्ने लगायतका कुनै पनि अवाञ्छित काम नगरेको नरबहादुरका भतिजासमेत रहेका पंकज चन्द बताउँछन् । घरमा बस्नका लागि धेरै प्रयास गरिएको भए पनि नमान्ने उनको भनाइ छ । ‘हामीले घरमा बस्नु भनेर धेरै आग्रह ग-यौं, तर मान्दैनन्,’ भतिजा पंकजले भने ।

    कुनै दातृ निकाय र संघसंस्थाद्वारा उपचार गराउनसकेमा शारीरिक र मानसिक अवस्था निको हुने विश्वास गरिएको वडा सदस्यसमेत रहेका आफन्त शेरबहादुर चन्द बताउँछन् ।

    ‘एकोहोरो दिमाख चल्छ, दयनीय अवस्थामा टोपी खस्ने भीरको ओढारमा बस्दै आएका छन्, तिनलाई घरमा राख्ने हरसम्भव प्रयास गरिएको हो तर सकिएन, कुनै निकायले सहयोग गरेमा निको हुन्थ्यो कि भन्ने लाग्छ,’ वडा सदस्य चन्द भन्छन् ।

    घर परिवारका एक्ला सदस्य भएकाले आर्थिक अभावमा उपचारका लागि लैजान नसकिएको आफन्त बताउँछन् । उनको अवस्थाका विषयमा जानकारी पाएका केही स्थानीय संघसंस्थाले खाद्यान्न र लुगा कपडा वितरण गरेका छन् भने उपचार गराउनसक्ने खालका संघसंस्था उनीसमक्ष पुगेका छैनन् ।  यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति…

    उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र…

    अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑