• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

      आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

      उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

      अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

      सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण

      आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

      सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

      राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    होमपेज /  पत्रपत्रिका

    साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० माघ २४, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४१५ पटक पढिएको
  • काठमाडौँ, २४ माघ ।  साउदी अरेबियाले १० हजारभन्दा बढी गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । साउदी सीमा गार्डका प्रवक्ता कर्नल मिसफर अल कुरैनीले कानुन उल्लंघन गर्नेहरूलाई देशभरि पक्राउ गर्न क्षेत्रीय अभियानहरू सञ्चालन भइरहेको बताएका छन् । उनले साउदी सीमा सुरक्षा नियम उल्लंघन गर्नेलाई ३० महिनासम्म जेल र २५ हजार साउदी रियालसम्म जरिमाना हुनसक्ने बताए ।

    यसैबीच, साउदी गृह मन्त्रालयले जनवरीको अन्तिम सातामा राज्यको रेसिडेन्सी, श्रम र सीमा सुरक्षा कानुनको उल्लंघन गर्ने १७ हजार ८ सय ९६ जनालाई अभियानले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा आवास नियम उल्लंघन गर्ने १० हजार ८ सय ७४, सीमा सुरक्षा कानुन उल्लंघन गर्ने ४ हजार १ सय २३ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ८ सय ९९ विदेशी रहेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

    ३० महिनासम्म जेल, २५ हजार रियाल जरिमाना

    अहिले ५ हजार २ सय ४१ महिलासहित ५६ हजार ६ सय ८६ जना अवैध रहेको भन्दै कानुनी कारबाहीमा परेका छन् । अन्य ४९ हजार ७ सय २१ जनालाई निर्वासनअघि यात्रा कागजातहरू प्राप्त गर्न सम्बन्धित कूटनीतिक नियोगहरूमा पठाएको जनाइएको छ ।

    सोही अवधिमा राज्यको रेसिडेन्सी, सिमाना र कामको नियम उल्लंघन गर्नेलाई ओसारपसार गर्ने तथा आश्रय र रोजगारीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ परेका छन् ।

    साउदी गृह मन्त्रालयले बारम्बार चेतावनी दिँदै राज्यमा घुसपैठ गर्नेहरूलाई प्रवेश गराउन वा उनीहरूलाई यातायात, आश्रय वा कुनै किसिमको सहयोग उपलब्ध गराउनेलाई बढीमा १५ वर्षको जेल सजाय र १० लाख रियालसम्म जरिमाना हुने जनाएको छ । मन्त्रालयले घुसपैठकर्ताहरूसँगको सहकार्यलाई गिरफ्तारीको वारेन्ट जारी गर्ने तथा यस्तो कार्यलाई ठूलो अपराध भएको भन्दै यसलाई अपमानजनक कार्य र विश्वास तोडेको आरोप मानिने जनाएको छ ।

    साउदी अधिकारीहरूले अनियमित प्रवासीहरूलाई लक्षित गर्दै ‘उल्लंघन नगर्ने देश’ भनिने उच्च प्रोफाइल राष्ट्रव्यापी अभियान चलाउँदै छन् । पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बसेका नेपालीसहित अन्य मुलुकका आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेको र हाल उनीहरूलाई जेलमा राखिएको छ । जेल अवधि समाप्त भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी त्यहाँको सरकाले डिपोर्ट गर्ने गरेको छ ।

    निजी क्षेत्रका काम गर्नेको संख्यामा ११ मिलियन
    नेसनल लेबर अब्जरभेटरी (एनएलओ)को पछिल्लो प्रतिवेदनअनुसार जनवरी महिनामा निजी क्षेत्रका कामदारहरूको कुल संख्या एक ऐतिहासिक आँकडा रेकर्ड गरी लगभग ११ दशमलव ५४ मिलियन पुगेको जनाएको छ ।

    यसको विपरीत निजी क्षेत्रमा काम गर्ने कुल वैदेशिक रोजगारीको संख्या ८ दशमलव ७२ मिलियन पुगेको छ, जसमा ८३ लाख ८६ हजार पुरुष र ३३ हजार ९ सय ७९ महिला छन् । प्रतिवेदनले जनवरी महिनाका लागि नागरिकको रोजगारीमा नेट वृद्धिको समीक्षा गरेको छ, किनकि ३२ हजार ४ सय ४७ नागरिक पहिलोपटक निजी क्षेत्रमा प्रवेश गरेका छन् ।

    यो रेकर्ड हासिल गर्नुमा धेरै कारक तत्वहरू रहेका छन् । विशेषगरी, मानव संसाधन र सामाजिक विकास प्रणालीको पहल, रोजगारी सिर्जना र निजी क्षेत्रको समृद्धि, आर्थिक सुधार र सरकारी सहयोगका रहेको छ ।

    साउदीमा राष्ट्रिय श्रम पर्यवेक्षकले रिपोर्ट तयार गर्ने र प्रकाशन गर्ने काम गर्छ । जसले ‘निजी क्षेत्रमा साउदी श्रम बजारको अवलोकन’ प्रकाशनसहित सूचकहरू र तथ्यांकहरूको आवधिक विश्लेषणको समीक्षा गर्छ, जुन मासिक रूपमा प्रकाशित हुन्छ । एनएलओ श्रम बजार तथ्यांकको मुख्य र भरपर्दो स्रोतका रूपमा सन् २०१० मा शाही आदेशद्वारा स्थापना गरिएको राष्ट्रिय पर्यवेक्षक संस्था हो । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विष्णु पौडेलको नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति,…

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति…

    उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र…

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑