• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक

      विश्वकपमा मेस्सीका ऐतिहासिक कीर्तिमान : फुटबलका ‘महानायक’को अद्वितीय यात्रा

      रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

      विष्णु पौडेलको नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति, ‘अदृश्य शक्तिकेन्द्रको प्रभाव’ भएको आरोप

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

      आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

      उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

      अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

      सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण

      आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

    होमपेज /  पत्रपत्रिका

    रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० माघ २४, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४६२ पटक पढिएको
  • पोखरा,  २४ माघ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेसमेत विरुद्ध उजुरी दिएकामा कास्की प्रहरीले छानबिन थालेको जनाएको छ ।

    सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले सोमबार लामिछाने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, लेखनाथका व्यवसायी नेत्रपाणि बास्तोलासहित १४ कम्पनी गरी १८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए ।

    उनीहरूले कसरी पैसा हिनामिना गरे भन्ने विषयमा अनुसन्धान सुरु भएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले जानकारी दिए । उनका अनुसार लामिछानेले सहकारीबाट कसरी पैसा लिएका थिए ? पैसा लिँदा धितो कति राखेका थिए ? भन्ने विषयमा अनुसन्धान थालिएको छ ।

    सहकारी ऐन, २०७४ को दफा १२२(ग) बमोजिमको कसुर देखिएपछि जाहेरी लिइएको प्रहरीले जनाएको छ । सो दफाको खण्ड (छ) मा ‘झुठा वा गलत विवरण पेस गरी कर्जा लिएमा, राखेको धितो कच्चा भएमा वा ऋण हिनामिना गरेमा’ कसुर मानिने व्यवस्था छ । उनले भने, ‘तोकिएभन्दा बढी रकम ऋण प्रदान गर्दा जमानत वा सुरक्षण नराखी ऋण प्रदान गरेमा भन्ने कानुनी व्यवस्थामा टेकेर अनुसन्धान हुनेछ ।’

    जाहेरीमा ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन गरिरहेको गोर्खा मिडिया प्रालि, नेचर नेस्ट, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि, नेचर हब प्रालिले समेत बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।

    सहकारीपीडितद्वारा गठित संघर्ष समिति संयोजक किरण श्रेष्ठ आफूहरूको बचत रकम फिर्ता हुनुपर्ने पहिलो माग भन्दै यसमा कोही कसैलाई पूर्वाग्रही नसोचेको जनाउँछन् । सुरुमा व्यक्ति र कम्पनी गरी करिब ९० जनाविरुद्ध जाहेरी दिएकामा प्रहरीले विवरण पूरा नभएको भन्दै लिन आनाकानी गरेको श्रेष्ठले बताए । उनले भने, ‘अहिलेलाई विवरण खुलेका व्यक्तिको मात्रै जाहेरी दिएका छौं, अन्यको पनि विवरण समेटेर अर्को जाहेरी फेरि दिनेछौं ।’

    ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले पोखरामा खोलेको सूर्यदर्शन सहकारीले पोखरेली बचतकर्ताको १ अर्बभन्दा बढी रकम हिनामिना गरेपछि बचतकर्ताहरू बिचल्लीमा परेका छन् । सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र तत्कालीन समयमा टेलिभिजनका प्रबन्ध निर्देशक रवि लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग रहँदै आएको छ ।

    यसअघि, १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सोबमोजिम प्रहरीले सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकामा हालसम्म चार जना मात्र पक्राउ परेका छन् । सुरुमा सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए । त्यसपछि सहकारी उपाध्यक्ष कैलाशकुमार दर्लामी, पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरुङ, भविश्वर अर्याल पक्राउ परेका हुन् । जिल्ला अदालत कास्कीमा विचाराधीन यस मुद्दामा अदालतको आदेशले उनीहरू चारै जना पुर्पक्षका लागि थुनामा गएका छन् ।

    संस्थापक अध्यक्ष जीबी राई, पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर, सचिव धीरजकुमार दास, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ फरार छन् । तीमध्ये संस्थापक अध्यक्ष जीबी राई, पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ ।

    २६ असार २०६५ मा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा ‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा, कास्की’ नाममा संस्था दर्ता भएको थियो । पोखरा महानगर सहकारी शाखाले गठनविज्ञ टोलीको अनुसन्धान प्रतिवेदनअनुसार सहकारीमा १८ हजार ७ सय बचतकर्ता छन् । सहकारीमा कुल १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ निक्षेप जम्मा भएकामा १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९ सय ८ रुपैयाँ कर्जा लगानी गरिएको छ । जसमा ४ सय ३३ जनाको नाममा विभिन्न शीर्षकमा कर्जा प्रवाह गरी आर्थिक हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ ।

    जीबी राईको समूहले पोखरासहित बुटवल, वीरगन्ज, चितवन, नेपालगन्ज र काठमाडौंबाट ७ अर्बभन्दा धेरै रकम हिनामिना गरेर ठगी गरेको आरोप छ ।

    थप १ पक्राउ
    पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । नयाँबजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पोखराको मालेपाटनस्थित डेराबाट पक्राउ गरेको हो । पोखरा २३, ठूलाखेत घर भएका ३८ वर्षीय उनी फरार सूचीमा थिए ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले सहकारी ठगीको आरोप लागेका र हाल फरार रहेकाको खोजीका लागि प्रहरीले सूक्ष्म ढंगले काम गरिरहेको र सोही क्रममा भण्डारीलाई पक्राउ गरिएको बताए । भण्डारीले सहकारीका पदाधिकारीसँग मिलेमतो गरी बचतकर्ताको रकम दुरुपयोग गरेको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

    उनले सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीमार्फत बचतकर्ता बनेर सहकारीमा जोडिई चर्को मिटरब्याजमा सहकारीका अध्यक्ष, सञ्चालक र सहकारीलाई आफ्नो खातामा बचत देखाई रकम लिने गरेको वित्तीय र प्रहरी अनुन्धानका क्रममा खुलेकोे अदालतमा पेस गरिएको अभियोजनपत्रमा उल्लेख छ ।

    तर, भण्डारीले भने आफूलाई यस विषयमा जानकारी नभएको र सहकारीका पदाधिकारीले मिलेमतो गरी आफ्नो कागजात र नाम किर्ते गरेको जिकिर गरेका छन् ।

    उनलाई मंगलबार जिल्ला अदालतमा हाजिर गराइएकामा आज (बुधबार) बहस हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

    सो सहकारी ठगी प्रकरणमा आरोपित ३३ जनामध्ये अझै २५ जना फरार छन् । पक्राउ परेकामध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । जिल्ला अदालतले सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सहकारीका पूर्वरजिस्ट्रार उदयबहादुर पराजुली, सहकारीका सञ्चालक समिति सदस्य गोपाल खनाल, सहकारी सल्लाहकार एवं सेयर सदस्य राजु बराल र पोखरा बिरौटाका बुद्धिसागर पौडेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । सहकारीका लेखा संयोजक सूर्यबहादुर अधिकारी भने धरौटी रिहा भएका छन् ।

    मित्रमिलन सहकारी ठगी प्रकरणमा विज्ञको प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेकामा समग्रमा जिल्ला सरकारी वकिल कार्यालयले कानुनबमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो ।

    सहकारी सञ्चालक समितिका पदाधिकारीसहित बचतकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना प्रकरणमा कतिपय जनप्रतिनिधि, सञ्चारकर्मी, अधिवक्ता, प्राध्यापक पनि मुछिएका छन् । फरार रहेकालाई प्रहरीले खोजी गरिरहेको जनाएको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल…

    विश्वकपमा मेस्सीका ऐतिहासिक कीर्तिमान : फुटबलका ‘महानायक’को अद्वितीय…

    रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

    विष्णु पौडेलको नियन्त्रणमा लिइएको घटनाप्रति शंकर पोखरेलको आपत्ति,…

    विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल…

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑