• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न समिति गठन

      रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

      अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

      बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

      गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

      रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पर्यटन व्यवसायी पाण्डेको तयारी  

      फिफा विश्वकप : मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित

      कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने

      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

      विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

      बाजुराको मार्तडी-कोल्टी सडक खण्डको जिल्ली पहिरो, रोकथाममा प्रयास,विद्यालय भने जोखिममै

      आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

      तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित

      कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन : सहसचिव सापकोटा

    होमपेज /  लेख/साहित्य

    घरजग्गा, गाडी र सेयरमा गरेको लगानी फ्रिज हुँदा देशको अर्थतन्त्र टाट पल्टियो

    रुषा थापा

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ चैत्र ११, शनिबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४२९ पटक पढिएको
  • रुषा थापा/ काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशैभर दुई वर्षअघिसम्म जग्गाघर किन्ने यत्तिकै हुन्थे । यता मालपोत कार्यालयमा पनि घरजग्गा नामसारी गर्नेको लाम हुन्थ्यो । उता जग्गा दलालीहरु दुई वर्षअघिसम्म चिप्लो गाडीमा हिड्थे, महंगो रेस्टुरेष्टमा खाना खान्थे त चिटिक्क परेर हिड्थे ।

    विदेशबाट पैसा कमाएर नेपाल फर्केका, जीवनभर जागिर खाएर पैसा कमाएका र व्यापारव्यवसाय गरेर कमाएको रकमले समेत मानिसहरु घरजग्गा नै खरिद गर्न रुचाउँथे । तर, पछिल्लो समय ठ्याक्कै यसको उल्टो भएकोछ । अहिले घरजग्गा किन्ने शून्य भएका छन् भने बेच्ने यत्तिकै छन् ।

    तीन वर्षअघि आनाको ३५ लाखमा किनेको घडेरी अहिले पैसाको खाँचो परेर किनेकोआधा मूल्यमा बिक्री गर्छुभन्दा समेत बिक्दैँन । यता तीन करोड मूल्य बराबरमा किनेको घर अहिले सस्तोमा बेच्छुभन्दा पनि बिक्री हुदैँन । घरजग्गा बेच्नेहरु अहिले जताततै छन् तर घरजग्गा किन्छु भन्ने कोही छैन ।

    मालपोत कार्यालय सुनसान छ । कहिलेकाँही दिनमा एकदुई वटा मात्र घरजग्गा भुलेर नामसारी हुने गर्छ । उता जग्गा दलाली र भूमाफियाहरु बैंक तथा वित्तिय संस्थाको ऋण तिर्न नसकेर टाप कसिसके । यीनीहरुले नै सर्वसाधारणलाई महंगोमा घरजग्गा किन्न लगाएर फसाए तर अन्तिममा आफु पनि फसेर भागे ।

    सरकारद्धारा रोपनीको ५० हजार निर्धारण गरिएको खेतीयोग्य जमिन जग्गा दलालीद्धारा खण्डीकरण गरी आनाकै ६० लाखमा बेचियो । यसरी खेतीयोग्य जमिन सबै जग्गा दलालीहरु खण्डीकरण वा प्लानिङ गरेर सिद्धाइदिए । जसले गर्दा अब देशमा खाद्य संकट निम्तिदैँछ ।

    बैंक तथा वित्तिय संस्थाहरुले पनि यीनै घरजग्गा धितो राखेर घुस खाई कर्जा प्रवाह गरे । जग्गा दलालीहरुले पनि बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई पैसा दिए त खेतीयोग्य जमिन सबै प्लानिङ गरेर बेचे ।

    सर्वसाधारणले पनि त्यो जग्गा किन्दा आफुसँग भएको २० लाख रुपैयाँ जग्गा दलालीलाई दिए त बैंक तथा वित्तिय संस्थामा पनि महिना महिनामा साँवा, ब्याज तथा कित्ता तिर्ने सर्तमा ४० लाख रुपैयाँ लिएर पनि तीनै जग्गा दलालीलाई दिए । उनीहरुको आश थियो, अहिले ६० लाख आनामा किनेको जग्गा एक वर्षपछि ९० लाख पुग्छ ।

    तर, अहिले ६० लाखमा किनेको जग्गा बेच्दा किनेको आधा मूल्य समेत आउँदैन त ४० लाख रुपैयाँ लिएको ऋणको साँवाब्याज तिर्न नसकेर ५० लाख पुग्यो । यसरी उनीहरुले आफुसँग भएको रकमपनि गुमाए त यता बैंक तथा वित्तिय संस्थाको ऋण पनि बोक्नुपप्यो ।

    बैंक तथा वित्तिय संस्थामा त्यो घरजग्गा धितो राखी लिएको कर्जाको साँवाब्याज बिजुलीको मिटरझैँ उकालो चढिरहेको छ त त्यो तिरौँ भने पैसा छैन । यता वित्तिय संस्थाले ऋण तिर्न तानव दिइरहन्छ त उता कालोसूची वा पत्रपत्रिकामा तीनपुस्ते निकालिदिने धम्की दिन्छ ।

    पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको लगानी क्षेत्रबारे बुझ्रदा यीनीहरुको लगानी घरजग्गा, गाडी र सेयरमा छ । तर, यीनै क्षेत्रमा मन्दी छाएपछि अहिले बैंक तथा वित्तिय संस्था डुब्ने अवस्थामा पुगेका हुन् । यही घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा हिजो सहकारीहरुको भागाभाग भयो र अहिले पनि यो क्रम जारी नै छ ।

    अहिले बैंकहरु पनि डुबिसकेका छन् तर सार्वजनिक गर्न मात्र बाँकी छ । सहकारीमा त सर्वसाधारणहरुले पैसा राख्न छोडे तर अहिले बैंकमासमेत बचतकर्ताहरुले डिपोजिट गर्न छोडिसकेका छन् । उल्टै भएको पनि निकालि रहेका छन् त बजारमा पाँच सय र हजारको नोट हाहाकार छ ।

    बैंक तथा वित्तिय संस्थाबाट आफ्नो रकम निकालेर सबैले आआफ्नो घरमा लुकाइसकेका छन् । पूर्वअर्थमन्त्री जर्नादन शर्माले जनताले आफ्नो घरमा लुकाएको रकम बाहिर निकाल्ने दाबी गरे तर निकाल्न भने सकेनन् । अहिले बैंक टाट पल्टिसकेको छ ।

    हिजो यीनीहरुले बैंकमा बचत गर्ने बचतकर्तालाई ५ देखि ७ प्रतिशत ब्याज दिए त त्यँही रकम १८ देखि ४८ प्रतिशत ब्याजमा घुस खाएर लगानी गरियो । यसरी आज बैंक तथा वित्तिय संस्थाका कारण बचतकर्ता र ऋण दुवै डुबेका छन् ।

    अब केही दिनमै बैंकले डिपोजिटवालाको पाँच हजारसमेत फिर्ता गर्न सक्दैँन न सहकारीले त अहिले नै बचतकर्ताको वर्षो दिनदेखि रकम फिर्ता गरेका छैनन् । बैंकका बचतकर्ताले पनि अब हप्तामा पाँच हजार मात्र निकाल्न पाउने भनेर निर्णय गरिदैँछ भनेर अहिले बजारमा खुबै हल्ला चलेको छ ।

    यस्तो अवस्थामा पनि अब घरजग्गाको मूल्य कसरी बढ्छ र कसरी घरजग्गाको किनबेच हुन्छ । अहिले बैंक डुब्ने अवस्थामा पुगेका छन् त नभागेका सहकारी भाग्नुपर्ने दिन आएको छ । बजारमा सञ्चालनमा रहेका सहकारी पनि अहिले डुबिसकेका छन् त देशैभरि रहेको ३५ हजार २ सय ३९ सहकारीमा ९० प्रतिशत सहकारीहरु डुबेर भाग्नुपर्नेमा पुगेका छन् ।

    ९७ लाख जनताले यीनै सहकारीमा बचत गरेका थिए तर अहिले यो रकम बालुवामा पानी हाल्या बराबर भएको छ । पछिल्लो समय भाग्ने सहकारी त भागि नै हाले त बन्द हुने सहकारी पनि बन्द भइहाले ।

    तर नभएका सहकारीहरुमा बचतकर्ताहरुले गुण्डा लगेर नै होस् या प्रहरी । त्यँहाकाृ सामान तोडफोड गरेर वा कुटपिट गरेर आफ्नो रकम असुलिरहेका छन् । सहकारीमा सर्वसाधारण जनता वा व्यापारीले रकम जम्मा गर्न छोडिसकेका छन् । सहकारी संघसंस्थाहरुले वर्षो दिनदेखि घरधनीलाई भाडा तिरेका छैनन् त कर्मचारीको तलब रोकिदिएका छन् ।

    यता सहकारीमा बचत गर्ने बचतकर्ताहरुलाई आफ्नो पैसा सहकारीले फिर्ता नगरेपछि रातमा निन्द्रा कि दिनमा भोकझैँ भइरहेको छ । अहिले बचतकर्ताहरु सहकारीले रकम फिर्ता नगरेपछि रकम पाउने आशाले कि वडा कार्यालय, नगरपालिका, प्रहरी प्रशासन जान्छन् होइन भने सहकारी विभागमा दौडधूप लगाउँछन् ।

    त्यस्तै, सहकारी संघसंस्थाका अध्यक्ष तथा सञ्चालकहरु पछिल्लो समय कार्यालय नै आउन छोडिसके । रकम फिर्ता नगरेको झोकमा बचतकर्ता आफुहरुमाथि खनिने डरले उनीहरु घरमा समेत बस्दैँनन् । उता बाहिर सहकारीको बोर्ड झुन्डाएर राखिएको हुन्छ त भित्र जाँदा कार्यालयमा डेढ केजीको ताला झुन्डाएको हुन्छ ।

    यदि केही गरी कार्यालय खोलेपनि एकदुई घण्टा खोलिन्छ । यी सबै अवस्थामा बैंक तथा वित्तिय संस्था पुग्नुको प्रमुख कारण नै नाफा खान घरजग्गा, गाडी र सेयरमा गरेको लगानीको प्रतिफल हो । मानिसहरुले पनि नाफा कमाउनका लागि रातारात घरजग्गा, गाडी र सेयरमा लगानी गरे तर चाख्नै नपाइ चुलुम्मै डुबे ।

    अहिले देशको अर्थतन्त्र ड्यामडुल हुनुको मुख्य कारण नै सबै पैसा घरजग्गा, गाडी र सेयरमा फ्रिज हुनु हो । त्यसैले, अब सरकारले तत्कालै हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाई दुई हजारको नयाँ नोट ननिकाले झन् जटिल अवस्था आउने छ । साथै, घरजग्गा, गाडी र सेयरमा लगानी गर्न प्रतिबन्ध लगाउनुपर्छ ।

    अहिले जतिपनि मानिसहरुको घरजग्गा, गाडी र सेयर छ । तीमध्ये ९५ प्रतिशत मानिसहरुको घरजग्गा, गाडी र सेयर बैंकको नाममा छ । तर, यी क्षेत्रमा पूरै मन्दी आइसकेको छ । साथै, अब बैंक तथा वित्तिय संस्था डुब्ने ग्यारेन्टी भइसकेको छ । सरकारले अब यो रकम उठाउन पनि सक्दैँन त राखेको धितो बेच्दा बैंक तथा वित्तिय संस्थाले कर्जा उठाउन पनि सक्दैँनन् ।

    त्यसैले, अब राष्ट्र बैंक र सहकारी विभागले तत्कालै बैंक तथा वित्तिय संस्थालाई घरजग्गा, गाडी र सेयरमा लगानी गर्नमा प्रतिबन्ध लगाउनुपर्छ । साथै, विदेशबाट आयात हुने विलासित वस्तुहरुमा पनि अर्थ मन्त्रालयले प्रतिबन्ध लगाउनुपर्छ । बजारमा खाद्यान्न सामग्रीको मूल्य दिनहुँ बढिरहेको छ त घरजग्गा, गाडी र सेयरको मूल्यमा पूरै गिरावट आएको छ ।

    यो अवस्था हेर्दा नेपालको अर्थतन्त्र श्रींलका, पाकिस्तान हुने पक्का भइसकेको छ । मानवलाई चाहिने भनेको खाद्यान्न हो तर यँहा भएका सबै खेतीयोग्य जमिन घर तथा बाटो बनाएर मासिसकिएको छ । यदि विदेशबाट खाद्यान्न आयात नगरेमा नेपालीहरु भोकले मर्नुपर्ने अवस्थामा आउने छ ।

    श्रींलका तथा पाकिस्तानका जनताले एक किलो चामलको १७ सयदेखि १८ सयसम्म तिरे तर यो अवस्था नेपालमा पनि देखिन थालिसकेको छ । अहिले नै १६ सयमा पाउने चामल बढेर २५ सय पुगिसकेको छ ।

    घरजग्गा दलाली, भूमाफिया, सेयर दलाली र बैंक तथा वित्तिय संस्थाका कर्मचारीले आज देशको अर्थतन्त्र पनि टाट पल्टाइदिए त खाद्यान्नको संकट पनि निम्ताइदिए । यीनीहरुले नै आज देशलाई विदेशीको जिम्मामा लगाउनुपर्ने अवस्थामा पुप्याइदिए ।

    यता मिनपावर कम्पनी र कन्सलट्रेन्सीले पनि पढाउने नाममा नेपाली विद्यार्थीहरुलाई विदेश पनि पठाए र यहाँको रकम पनि विदेश भित्राइदिए । यसरी यो सबै हुँदा समेत सरकारले केही गर्न सकेन । किनकि देश सरकारले चलाउनुपर्नेमा देश नै यीनीहरुले चलाइदिए ।

    लेखकको बारेमा

  • रुषा थापालेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    कविता: उदीप्त प्रकाश 

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य !

    फेरिएकी सुजाता !

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न…

    रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

    अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र…

    बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    आर्थिक

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑