सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ । प्रदेश नम्बर १ को एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयरमा जितेको छ । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले एमालेका सागर थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गर्नुभएको छ । नागेश कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपमेयरमा एमालेकी शिल्पा निरौला कार्कीले गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी अमरेन्द्र यादवलाई ११ हजार ४ सय ६१ मतान्तरले पराजित गर्नुभएको छ । शिल्पा निराला कार्कीले २५ हजार ६ सय ८० मत प्राप्त गर्नुभएको छ ।
विराटनगर महानगरपालिकाको १९ वटा वडामध्ये नेकपा एमालेले ९ वटा वडाध्यक्ष, नेपाली कांग्रेसले ६ वटा वडाध्यक्ष, जनता समाजवादी पार्टी २ वटा वडाध्यक्ष, एउटामा राप्रपाले र एउटा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।-
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा