• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

      बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी

      काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

      इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता

      काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी

      भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी

      जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी

      रुकुम पश्चिममा पछि परे जनार्दन

      झापा–५ : बालेनको अग्रता कायमै

      चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले बिजयी

      मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो

      धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

      सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

      झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

      जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

    होमपेज /  पत्रपत्रिका

    २०७४ सालमा कुन महिनामा कति दिन सार्वजनिक विदा ? (सूचीसहित)

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १, मंगलबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२७८ पटक पढिएको
  • काठमाडौं, चैत १—नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गते सार्वजनिक विदा दिने प्रस्ताव नल्याएपछि ०७४ सालमा दिइने सार्वजनिक पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ।

    गृहमन्त्रालयको सो प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने गरी प्रस्ताव नल्याएसम्म पारित गर्न नसकिने अडान केही मन्त्रीले लिएपछि सो प्रस्ताव मन्त्रिपरिषदबाट अस्वीकृत भएको हो। एक मन्त्रीका अनुसार आपूर्ति मन्त्री दीपक बोहोराले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने प्रस्ताव ल्याउनु पर्ने माग गरेपछि सो प्रस्ताव पारित नभएको हो। ‘उहाँले पृथ्वीजयन्तीको विषय उठाउनुभयो,अरु केही विषय पनि मिलाउनु पर्ने देखिएकोले त्यो प्रस्ताव पारित नभएको हो,’ती मन्त्रीले भने।

    गृहमन्त्री बिमलेन्द्र निधिले फागुन १७ गते स्वीकृत गरी फागुन २२ गते आइतवारको मन्त्रिपरिषद् बैठकमा छलफलका लागि प्रस्ताव गरिएको थियो। गत पुसमा पनि मन्त्रिपरिषद् बैठकमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा विदा दिनु पर्ने माग राखेका थिए तर उनको मागको सुनुवाइ भएको थिएन ।

    गृहमन्त्रालयको प्रस्ताव अनुसार मजदुर दिवस बैशाख १८ गते सोमबार,गणतन्त्र दिवस जेठ १५ गते सोमबार,निजामति सेवा दिवस भदौ २२ गते बिहीबार, संविधान दिवस असोज ३ गते मंगलबार,अन्तराष्ट्रिय अपाङग दिवस मंसिर १७ गते,शहीद दिवस माघ १६ गते मंगलबार,राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते सोमबार, अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते बिहीबारका लागि प्रस्ताव गरिएको छ।

    गृह मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावमा वुद्ध जयन्ती बैशाख २७ गते बुधवार, श्रीकृष्ण जन्माष्टमी साउन ३० गते सोमबार,नेपाली सिख धर्मालम्बीले मनाउने गुरु नानक जयन्ती कात्तिक १८ गते शनिवार,किराँत धर्मालम्बीले मनाउने फाल्गुनन्द जयन्ती कात्तिक २५ गते,जैन धर्मालम्बीले मनाउने महावीर जयन्ती चैत १५ गते र चैत ११ गते रामनवमी निर्धारण गरिएको उल्लेख छ । प्रस्तावमा विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित मुलुकका सार्वजनिक विदाहरुलाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक विदा आफैले व्यवस्थापन र समायोजन गर्न सक्ने व्यवस्था गरिएको छ ।

    प्रस्तावमा अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, प्रहरी,फायर ब्रिगेड,टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग,हुलाक,आकाशवाणी जस्ता आकिस्मक सेवा प्रदान गर्ने मन्त्रालय,बिभाग तथा कार्यालयहरुले सार्वजनिक विदाका दिनमा समेत काम काज गर्नु पर्ने हुँदा त्यस्ता कार्यालयहरुमा दैनिक काम नरोकिने गरी सार्वजनिक विदाका दिन काम गरेवापत प्रचलित कानुनको रीत पुरयाइ सट्टा विदा बस्न पाइने उल्लेख छ।

    काठमाडौ उपत्यकाका लागि गाइजात्रा साउन २४ गते मंगलबार,इन्द्रजात्रा भदौ २० गते मंगलबार,मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडेजात्रा चैत ३ गते विदा दिन प्रस्ताव गरिएको छ। माघ ८ गते बसन्त पञ्चमी दिन शिक्षण संस्थालाई विदा दिइने प्रस्ताव छ। ०७४ मा शनिवार ५२ दिन परेको छ । बैशाख,असार,भदौ,पुसमा पाँच—पाँच दिन शनिवार परेको छ भने कात्तिक,फागुन,जेठ,साउन,मंसिर,माघ,चैत र असोजमा चार—चार दिन शनिवार परेको छ ।

    असोज ५ गते घटस्थापना र असोज ११ गते बुधवारदेखि असोज १६ सोमबारसम्म फुलपातीदेखि द्वादशीसम्म विदा दिइने प्रस्ताव छ । यसैगरी असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाको दिन पनि विदा दिने प्रस्ताव छ । त्यसैगरी कात्तिक २ गते बिहीबार लक्ष्मीपूजा,कात्तिक ३ गते गोवर्धन पूजा,म्हपूजा र नेपाल सम्वत परेको छ भने कात्तिक ४ गते शनिवार भाइटिका परेको छ ।

    महिला कर्मचारीका लागि हरितालिका तीज भदौ ८ गते बिहीबार,ऋषि पञ्चमी भदौ १० गते शनिवार,जितिया पर्व भदौ २८ गते विदा प्रस्ताव गरिएको छ । नव वर्ष बैशाख १ गते,किराँत,राई,लिम्बु,जातिको उभौली पर्व,चण्डी पूर्णिमा बैशाख २७ गते बुधवार,जनै पूर्णिमा,रक्षाबन्धन (ऋषि तर्पणी) साउन १३ गते शुक्रबार,गौरापर्व भदौ १३ गते मंगलबार,इश्लाम धर्मालम्बीहरुको पर्व इदुल फित्र,छठ पर्व कात्तिक ९ गते बिहीबार, इश्लाम धर्मालम्बीहरुको पर्व बकर इद (इदुल जोहा)को दिन, किराँत जातीको उधौली पर्व,योमरी पुन्हि ज्यापु दिवस मंसिर पूर्णिमा मंसिर १७ गते आइतवार पर्व विदा प्रस्ताव गरिएको छ ।

    इसाइ धर्मालम्बीहरुको पर्व क्रिसमस डे पुस १० गते सोमबार,तमु ल्होसार पुस १५ गते शनिवार,थारु,मगर,छन्त्याल जातिको राष्ट्रिय पर्व माघी पर्व माघ १ गते सोमबार,सोनाम ल्होसार माघ ४ गते बिहीबार,महाशिवरात्री फागुन २ गते बुधवार,हिमाली आदिवासी शेर्पाहरुले मनाउने ग्याल्वो ल्होसार फागुन ४ गते शुक्रबार,फागु पूर्णिमा फागुन १७ गते बिहीबारलाई पर्व विदा प्रस्तावित गरिएको छ ।

    मोरङ,सुनसरी,सप्तरी,सिराहा,उदयपुर,धनुषा,महोत्तरी,सर्लाही,रौतहट,बारा,पर्सा,नवलपरासी,रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया,कैलाली र कञ्चनपुरमा फागुन १८ गते फागु पूर्णिमा विदा प्रस्ताव गरिएको छ । यसैगरी सिरुवा पावनी पर्वका दिन त्यस्तो पर्व मनाउने झापा,मोरङ,सुनसरी,सिराहा र सप्तरीमा विदा दिइनेछ । धवथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लाहरुमा स्थानीय विदा दिने प्रस्ताव गरिएको छ आजको अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

    बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित…

    काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

    इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा…

    ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

    बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित…

    काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

    काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑