सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साताको पहिलो दिन आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ३०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार रहेको छ । प्रतितोला ९५ हजार ३०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला दुई हजार ३०० ले घटेर ९३ हजार कायम भएको हो ।
यस्तै, तेजाबी सुन आइतबार लागि प्रतितोला ९२ हजार ५०० तोकिएको छ । शुक्रबार तेजाबी प्रतितोला ९४ हजार ८०० मा कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आइतबार दुई हजार ३०० ले नै घटेको हो ।
महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार एक हजार ३३० मा कारोवार भएको थियो । आइतबार चाँदीको मूल्य तोलामा ६० ले घटेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा