सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भइ छापावाला सुनले नयाँ रेकर्ड बनाएको थियो । शुक्रबार प्रतितोला दुई सय रुपैयाँले घटेर कारोबार भएको सुन आज एक सय रुपैयाँले घटेर कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी अजा तेजावी सुन प्रतितोला ९१ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा