• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही

      छ वटा संसदीय समितिको बैठक बस्दै

      अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबिच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      आन्तरिक उडानको भाडा बढ्यो

      अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट बहुमतले पारित

      नेपाली सेनासँग विवाद नभएको रास्वपा सांसद पाण्डेको दाबी, ‘सार्वजनिक हितको कामलाई अतिरञ्जित गरियो’

      मस्तिष्कमा रगत जम्ने रोग ब्रेन एभीएमको केएमसी दुवाकोटमा बिनाचिरफार उपचार

      अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

      शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

      बाजुराको छेडेदह तालमा एक महिला मृत फेला

      ककनीलाई फोहोरको बोझ होइन, सम्भावनाको केन्द्र बनाउनुपर्छ : अर्थविद् न्यौपाने

      समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह

      रेडक्रस अनियमितता छानबिन समितिले माग्यो थप उजुरी

      सभामुख–युरोपेली संघकी राजदूतबीच विदाइ भेट : हवाई सुरक्षा सूचीबारे चर्चा

    होमपेज /  समाज

    बाढीपीडित भन्दछन्– ‘न रोपो न भकारी’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ श्रावण २५, शनिबार (६ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३९० पटक पढिएको
  • काठमाण्डौँ, साउन २५ ।  सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ । अर्कातिर उनीहरुलाई भविष्यको अनिश्चितताले पनि सताएको छ ।

    उदयपुरको बेलका नगरपालिका–२ धाराखोला र कञ्चनजङ्गाका बाढीपिडितलाई एकातर्फ बिहान बेलुका हातमुख जोर्न धौधौ छ भने अर्कातर्फ ‘उ त्यहीँ थियो मेरो खेत भनेर’ बगरमा परिणत र डुबेको क्षेत्र देखाउनु दैनिकी जस्तै बनेको छ ।

    राहत उद्धारका साथै सहयोग गर्ने भन्दै पुग्ने जो कोहीलाई यिनै पीडा व्यथा भन्नु, धेर थोर जे सहयोग पाइन्छ त्यो स्वीकार्दै अन्य सहयोगीको आशामा रहँदै यहाँका स्थानीयवासीले जीवनयापन गरिरहेका छन् ।

    ‘के गर्नु दुःख जिलो गरेर रोपाइँ पनि गरिसकेका थियौं, रोपो हरियो बन्दै थियो एकाएक आएको बाढीले हाम्रो खेत डुवायो नै, घरमा साँचेर राखेको भकारीको अन्नपात पनि डुबेर कुहियो’, धाराखोलाकी मीरा तामाङले भावुक बन्दै दुःखेसो सुनाइन् ।

    खाइनखाई दुःखका साथ बनाएको नयाँ घरको पहिलो तला डुब्यो भने १६ कट्ठा खेतमा लगाएको धान खेत तालमा परिणत भएको बताइन् । ४० मुरी धान उत्पादन हुने खेत डुबानमा परेपछि ६ जना छोराछोरीसहित आठ जनाको परिवार एक एक वर्षसम्म के खाएर बाँच्ने हो भन्ने चिन्ताले दिनरात सताइरहेको तामाङले बताइन् ।

    उनी जस्तै यतिखेर यहाँका स्थानीय बाढीले पारेको क्षति सम्झँदा पनि भक्कानो छुटेर आउने बताउँछन् । अर्की ५६ वर्षीया एकल महिला जनममाया भट्टराईले आफूले नेपाल रेडक्रस सोसाइटीको २५ हजार रुपैयाँको आर्थिक सहयोगमा सञ्चालन गरेको बेकरी उद्योगसहित घर पुरिएपछि समस्या थपिएको बताइन् ।

    स्थानीय टीकाकुमारी कोइराला सुवेदीका अनुसार माथिल्लो भेगबाट अचानक आएको बाढीले घर र गोठ डुबाउँदा सञ्चित अन्न, लत्ताकपडा, भाडावर्तनलगायतका सम्पूर्ण सामग्री नष्ट हुनुको साथै गोठमा रहेको दुई वटा बाख्रा बगाएको बताइन् ।

    बाँचेका बस्तुभाउ खुल्ला आकाशमुनी बाटोमा बाँध्न बाध्य भएको उनको भनाइ थियो । उनले भनिन्, ‘बाढीकै कारण जुकाका साथै सर्पको बिगबिगी भएकोले कसरी रातदिन विताउने भन्ने भएको छ ।’

    सो वडाको पथहरा र धारा खोला क्षेत्रको कूल एक हजार विगाहा भन्दा बढी धानखेत डुवानका साथै बाढीले ल्याएको बालुवाले पुरेर मरुभूमिमा परिणत भएको छ । त्यस्तै २४ घर बस्नै नहुने गरी क्षति पुगेको धाराखोला टोल विकास संस्थाका अध्यक्ष कृष्ण काफ्लेले जानकारी दिए ।

    उनका अनुसार असार १९ देखि २५ गतेसम्म लगातार वस्तीमा एकातर्पm सप्तकोशी र अर्कोतर्फ त्रियुगा नदीको बाढी पसेका कारण एक हजार ३०० सय घर प्रभावित भएको थियो । साथै करोडौं रुपैयाको क्षति पुगेको छ ।

    बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार बस्ती विकाससँगै खोलाको निकासमा अवरोध भएपछि बाढी बस्तीतर्फ प्रवेश गर्दा ठूलो क्षति हुने गरेको बताए । त्यसको निकासका लागि स्थानीयवासीको सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो ।

    बस्तीको माथिल्लो भागमा रहेका विभिन्न नौ वटा खहरे खोलालाई एकिकृत गरी सप्तकोशी र त्रियुगा नदीमा स्थायी निकास निर्माण गरी वस्ती र उर्वरभूमिको संरक्षणका लागि नगरपालिकाले सात अर्बको गुरुयोजना तयार पारेको छ ।

    उनले त्यसका लागि प्रदेश र सङ्घीय सरकार समक्ष आर्थिक सहयोगको माग गरिएको जानकारी दिए ।

    बाढीपीडितका लागि नगरपालिकाको तर्पmबाट आवश्यक सहयोग गर्दै आएको छ । नगरप्रमुख थापाले सो क्षेत्रका वासिन्दालाई विभिन्न रोगको प्रकोप र सर्पदंशबाट जोगाउन चुनौति रहेको बताए ।

    बाढी क्षेत्रमा हालसम्म २४ जनालाई सर्पले टोकेको नगरपालिकामा जानकारी आएको छ । बाढीका कारण दुःखमा परेका पीडितलाई केही हदसम्म भए पनि मलम लगाउने उद्देश्यका साथ पोखराबाट राहत सामाग्री लिएर पुगेको एक टोलीले एक सय ५० घरपरिवारलाई तीन लाख मूल्य बरावरको विभिन्न सामाग्री वितरण गरेको संस्थाका निर्देशक गोमा ढकालले जानकारी दिइन् ।

    उनका अनुसार पोखरास्थित विभिन्न संस्था एवं व्यक्तिबाट सङ्कलन गरिएको म्याटे«स, ब्ल्याङ्केट, झुल, तयारी कपडा, पानी शुद्धिकरण गरिने औषधिलगायत सरसफाइका सामग्री वितरण गरिएको थियो ।

    बाढीपीडित क्षेत्रमा समाचारमा आए भन्दा पनि त्यहाँका स्थानीयवासीले दुःख र पीडा पाएको टोलीमा सङ्लग्न संस्थाका उपाध्यक्ष खेम लामिछानेले बताए ।

    भौगोलिक अवस्था समेतले विविधतायुक्त नेपालका ठाउँ ठाउँमा कतै बाढी त कतै पहिरोको समस्या भएको बताउने संस्थाका सचिव नर्मला कँडेल एकआपसमा पीडामा मलम लगाउने भावना प्रत्येक नेपालीमा जाग्नुपर्ने धारणा राखे ।

    चुरे क्षेत्रमा बढ्दो प्रकृतिको दोहनसँगै वन जङ्गल नासिँदै जानु र तल्लो तटीय क्षेत्रमा बस्ती विकास हुनुले बाढी पहिरोको प्रकोप बढाएको बताउने बेलका काठमाडौँ विकास समाजका अध्यक्ष महेन्द्र थापा प्रत्येक वर्ष देखिने यो समस्याको दीर्घकालीन समाधान तर्फ स्थानीयवासी एवं सरोकारवाला सबैको बेलैमा ध्यान पुग्नुपर्ने धारणा राख्छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बागमती नदिमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

    निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

    आज २०८२ असार २४ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलिउड अभिनेता प्रदीप रावतको निधन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५…

    छ वटा संसदीय समितिको बैठक बस्दै

    अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार…

    अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार…

    अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट…

    सिंहदरबारमा प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    आर्थिक

    आन्तरिक उडानको भाडा बढ्यो

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑