काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको भाउ आइतबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो । त्यस्तै चाँदीको भाउ पनि घटेको छ... विस्तृतमा