सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
क्रोएशियाले शनिवार पिफा विश्वकप २०१८ को क्वार्टरफाइनलमा आयोजक रुसलाइए पेनाल्टि शुटआउटमा ४–३ ले हराउदै इतिहास रचेको छ । क्रोएशियाले २० बर्ष पछि विश्वकपको सेमिफाइनलमा प्रवेश गर्यो अब उसको प्रतिस्पर्धा बुधबार ईङगल्याण्ड सँग हुनेछ । पेनाल्टी शुट आउटभन्दा पहिला दुबै टिमको स्कोर २–२ को बराबरी थियो ।
प्रतिस्पर्धामा रुसले शुरुवाती अग्रता लिएको थियो डेनिस चेरीशेवले म्याचको ३१ औ मिनेटमा गोल गर्दे आयोजक टिमलाई १–० को अग्रता दिलाए । यसपछि क्रोएशियाले ३९ औ मिनेटमा क्रेमरिचले गोल गर्दे खेल १–१ को बराबरीमा पुर्याए । यसपछि दुबै टिमले गोल गर्ने प्रयास धेरे गरे तर दुबै पक्षबाट गोल भने हुन सकेन ।
निर्धारित समय पश्चात अतिरिक्त समयमा गयो जसमा १०१ औ मिनेटमा डोमेगोज विडा ले हेडर मार्फत गोल गर्दे क्रोएशियालाई २–१ को अग्रता दिलाए । यसपछि रुसलाई उसको समर्थकहरुले हौसला दिए जसको असर ११५ औ मिनेटमा देखियो जब मारियो फर्नाडिसले गोल गर्दे स्कोर २–२ को बराबरी गरे । मारिया विश्वका १४ औ खेलाडी बने जसले विश्वकपमा गोल गर्दे आफनो अन्तराष्ट्रिय गोलको खाता खोले ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा