सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुसमा भईरहेको विश्वकप २०१८ को नकआउट प्रतिस्पर्धामा नयाँ रंगको बल प्रयोग हुने् भएको छ । एडिडासका भाइस प्रिसिडेन्ट डिन लोक्सले भने “टेलस्टार १८ जब अफिशियल म्याच बल बन्यो तब प्रविधिको रुपमा यो ठुलो कदम थियो । टेलस्टार मेचटा लाई हामीले त्यही एडभांस डिजाइन दिएका छौ ।”
यो सेतो र रातो रंगको नयाँ बलको डिजाइन आयोजक रुसको रंगसँग मिल्दोजुल्दो छ । शनिवार यसको पहिलोपटक प्रयोग गरीनेछ । अहिलेसम्मको टुर्नामेन्टको ग्रुप स्टेज म्याचमा टेलस्टार–१८ को प्रयोग गरिएको थियो, तर अब यसको ठाउँमा एडिडास टेलस्टार मेचटा को प्रयोग गरिनेछ ।
नकआउट राउण्डको शुरुवात आउदो सातादेखी शुरुहुदैछ त्यसपछि क्वाटरफाइनलको राउण्डको शुरुवात हुनेछ । क्वाटर फाइनल ६ जुलाई देखी शुरु हुनेछ भने १० र ११ जुलाई मा सेमिफाइनल खेल खेलिनेछ । फाइनल म्याच १४ जुलाईमा हुनेछ ।
Create the dream.
Introducing #Telstar18 Mechta, the official match ball for the 2018 @FIFAWorldCup Knockout Stage.#HereToCreate #WorldCup pic.twitter.com/7tgA5yU5xp— adidas soccer (@adidassoccer) June 26, 2018
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा