सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, मंसिर २५। कैलालीको निर्वाचन क्षेत्र नं ३ र ४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ । आज बिहान सार्वजनिक गरिएको मत गणनाको अन्तिम नतिजाअनुसार निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका नेता लेखराज भट्ट ३१ हजार ३५९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभा ‘क’ मा एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी १६ हजार १५५ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका यज्ञराज चौधरीले ११ हजार ४२५ मत पाउनुभएको छ । यस्तै प्रदेश सभा ९ख० मा एमालेका कृष्ण सुवेदी १६ हजार २२ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हीरादत्त भट्टले ११ हजार ८०३ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गौरीशंकर चौधरी २४ हजार ८७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत प्राप्त गर्नुभएको छ । विसं २०४६ को परिवर्तन यता भएका निर्वाचनमा विजयी हुँदै आउनुभएका काँग्रेस नेता रामजनमको यो निर्वाचनमा विजयी यात्रा रोकिएको छ ।
प्रदेशसभातर्फ ९ख० मा एमालेका अमरबहादुर साउँद ११ हजार ८७७ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका लक्ष्मणबहादुर शाहीले सात हजार ४९२ मत पाउनुभएको छ । प्रदेश सभा क को गणना अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रमा वाम गठबन्धनका प्रत्यासी मत गणनमा अगाडि रहेका छन् ।
यसअघि आइतबार नै कैलाली निर्वाचन क्षेत्र पाँचको प्रतिनिधिसभा सदस्यको अन्तिम नतिजा घोषणा भइसकेको छ । यो क्षेत्रमा एमालेका नारदमुनी राना विजयी हुँदा काँग्रेस नेत्री डा आरजु राणा देउवा पराजित हुनुभएको छ । निर्वाचन क्षेत्र नं १ को मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन क्षेत्र नं २ को मतगणना जारी रहेको छ । रासस
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा