सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाग्लुङ, मंसिर २२ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टीले बाग्लुङबाट जितको खाता खोलेको छ। बाग्लुङ क्षेत्र नम्बर २ ९ख० मा प्रदेश सभा सदस्य तर्फ वाम गठबन्धनका उम्मेदवार टेकबहादुर घर्ती विजयी भएका हुन्।
वाम गठबन्धनको समर्थनमा उमेदवार बनेका जनमोर्चाका घर्ती निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतबहादुर शेरचनलाई ३ हजार २ सय ६० मतान्तरले हराउदै विजयी भएका हुन्।
घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् भने शेरचनको पक्षमा ८ हजार ६ सय २४ मत खसेको छ।
अन्य क्षेत्रको भने मतगणना भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम गरेको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा