सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रसुवा ,मङि्सर २२ । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गरेका छन् ।
यसैगरी, प्रदेश (क) मा नेपाली काँग्रेसका प्रभात लामाले पाँच हजार ३११ मत तथा नेकपा (एमाले)का करन्याल तामाङले चार हजार ३६९ मत प्राप्त गरेका छन् । प्रदेश ‘ख’ मा मतगणना हुन सकेको छैन । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा