सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने तयारीमा रहेका उनीहरूको विवाह आगामी मंसिर १० गतेका लागि तय भएको बताइएको छ ।
उपलब्ध जानकारीअनुसार विराटनगर–३, दूधफारमस्थित मुकुल ढकालको घरमा विवाहको तयारी सुरु भइसकेको छ । उनीहरू मंसिर १० गते वैवाहिक जीवनमा बाँधिने तयारीमा रहेका छन् ।
विवाह समारोह झापाको मंगलबारेस्थित निशा डाँगीका आफन्तको घरबाट हुने तय भएको जनाइएको छ ।
मुकुल ढकाल र निशा डाँगीबीचको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको थियो । दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएका कारण उनीहरूको सम्बन्धले राजनीतिक क्षेत्रमा समेत चासो पाएको थियो ।
मुकुल ढकाल रास्वपाका संस्थापक महामन्त्री हुन् । पार्टीभित्रको विवादपछि उनी महामन्त्री पदबाट हटाइएका थिए । यता निशा डाँगी प्रतिनिधिसभा सदस्यका रूपमा सक्रिय राजनीतिमा रहेकी छन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले विवाहमार्फत आफ्नो सम्बन्धलाई औपचारिकता दिन लागेका हुन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा