• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक ३, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

      प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने

      पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द

      नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमी मनाइँदै

      बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

      फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

      कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

      फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ

      लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

      तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

      २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ

      जुम्लामा सम्पन्न भयो नवौँ जुम्ली घोडा दौड सांस्कृतिक महोत्सव : महिला घोडा दौड प्रतियोगिता थप आकर्षण

      जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ

    होमपेज /  समाचार

    प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक ३, सोमबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २६ पटक पढिएको
  • सुर्खेत । लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिन भित्र खुलाउनका लागि काम जारी राखिएको छ । नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समस्या भएको हो ।

    योजना प्रमुख बेलबहादुर नेपालीले सडकमा थुप्रिएको हिउँ पन्छाउन उपकरण र जनशक्ति परिचालन गरिएको छ । मौसमले साथ दिए मङ्गलवार सम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उनले बताए ।

    सिमकोटदेखि चीनको सीमावर्ती क्षेत्र हिल्सासम्मको करिब ९५ किलोमिटर सडकखण्ड हिमपातका कारण अवरुद्ध भएको छ । विशेषगरी यारीदेखि हिल्सासम्मको करिब १५ किलोमिटर क्षेत्रमा बाक्लो हिउँ जमेको नेपालीले जानकारी दिए । तीन पटकसम्म हिमपात भएपछि सडक खुलाउन समस्या भएको उनले बताए । ‘नारा लेक क्षेत्रमा कतिपय ठाउँमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेको छ । हिउँ पन्छाउने काम भइरहेको छ । मौसमले साथ दिए सोमबारसम्म सडक खुलाउने लक्ष्य छ,’ नेपालीले भने ।

    समुद्री सतहबाट करिब चार हजार पाँच सय मिटरभन्दा बढी उचाइमा रहेको नारा लेक क्षेत्रमा बाक्लो हिउँ जमेकाले सडक खुलाउन चुनौती भएको छ । ठाडोढुङ्गादेखि हिल्सातर्फको सडकमा बढी हिउँ जमेको आयोजनाले जनाएको छ । हिउँ पन्छाउन जेसीबी प्रयोग भइरहेको छ ।

    ९५ किलोमिटर लामो सिमकोट–हिल्सा सडकखण्डमध्ये करिब ५५ किलोमिटरमा ग्राभेलिङ गरिएको छ । बाँकी सडक ट्र्याक खोलिएको अवस्थामा छ । सडक योजनाले आफ्नै उपकरण, इन्धन र मेसिन अपरेटर प्रयोग गरेर हिउँ हटाउने काम गरिरहेको नेपालीले बताए ।

    सडक खुलाउन दुई जनाको टोली खटिएको छ । टोलीले दिनभर काम गर्ने र साँझ यारीमा फर्किएर खाने तथा बस्ने गरेको छ । कठिन भौगोलिक अवस्था र अत्यधिक हिउँका कारण काम गर्न समस्या भइरहेको छ ।

    पुनः हिमपात भए सडक पूर्ण रूपमा अवरुद्ध हुने र खुलाउने काममा थप ढिलाइ हुन सक्ने नेपालीले बताए । मौसम अनुकूल रहे सोमबारसम्म यातायात सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ ।

    दशैं मनाउन घर फर्किने नेपाली प्रतीक्षामा

    सडक अवरुद्ध हुँदा हिल्सा क्षेत्रमा रहेका पर्यटक तथा स्थानीयवासी प्रभावित भएका छन् । चीनको ताक्लाकोट क्षेत्रमा व्यापार तथा रोजगारीका लागि पुगेका हुम्लासहितका नेपालीलाई समेत घर फर्किन समस्या भएको छ ।

    चीनको पुराङ क्षेत्रमा रहेका नेपालीलाई हिल्सा नाका हुँदै नेपाल प्रवेश गर्न सडक अवरुद्ध हुँदा कठिनाइ भएको छ । दशैं मनाउन घर फर्किने तयारीमा रहेका नेपाली सडक खुल्ने प्रतीक्षामा छन् । हिल्सा क्षेत्रमा रहेका स्थानीयवासीसमेत सडक सञ्चालनमा आउने आशामा बसेका छन् ।

    हिल्सा नेपाल–चीन सीमावर्ती क्षेत्र हो । सडक बन्द हुँदा दैनिक आवतजावत तथा सामान ढुवानी प्रभावित भएको छ । सडक सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रमा रोकिएका नेपालीलाई घर फर्किन सहज हुने अपेक्षा गरिएको छ ।

    यसअघि पनि नारा लेक क्षेत्रमा हिमपातका कारण सडक अवरुद्ध भएपछि हिउँ पन्छाउन जेसीबी परिचालन गरिएको थियो । तर, पटकपटकको हिमपात र कतिपय स्थानमा अत्यधिक हिउँ जमेकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन भइरहेको छ ।

    हिमपातले लिमी जाने सडक पनि अवरुद्ध

    हुम्लाको नाम्खा गाउँपालिकाको लिमी उपत्यका जाने सडकसमेत हिमपातका कारण अवरुद्ध भएको छ । सल्लीदेखि नालुपास हुँदै लिमी भ्याली जोड्ने सडकमा यातायात सञ्चालन हुन नसक्दा स्थानीयवासीको जनजीवन प्रभावित भएको हो ।

    नाम्खा गाउँपालिकाको न्यालु लेक क्षेत्रमा बाक्लो हिउँ जमेपछि लिमीका तिल, हल्जी र जाङलगायत गाउँको आवतजावत प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीलाई उपचारका लागि बाहिर लैजान तथा अत्यावश्यक कामका लागि गाउँबाहिर जान समस्या भएको छ ।

    सडकबाट आवतजावत गर्न नसक्ने अवस्था आएपछि बिरामीलाई उपचारका लागि बाहिर लैजानसमेत कठिनाइ हुने गरेको स्थानीयवासी बताउँछन् । सडक अवरुद्ध हुँदा स्थानीय होटल व्यवसायी तथा सुरक्षाकर्मीसमेत प्रभावित भएका छन् ।

    लिमी उपत्यका कैलाश–मानसरोवर क्षेत्रको धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । मानसरोवरको दर्शन तथा हिमाली क्षेत्रको भ्रमणमा जाने पर्यटकसमेत सडक अवरुद्ध हुँदा प्रभावित भएका छन् ।

    लिमी जाने सडक प्रदेश सरकारअन्तर्गत पर्ने भएकाले सम्बन्धित निकायले हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याउनुपर्ने स्थानीयवासीको माग छ । हिमपात जारी रहे सडक सञ्चालनमा थप ढिलाइ हुने जोखिम छ ।

    सिमकोट–हिल्सा सडक र लिमी जाने सडक दुवै अवरुद्ध हुँदा उत्तरी हुम्लाको आवतजावत, व्यापार तथा पर्यटन प्रभावित बनेको छ । मौसम अनुकूल हुनेबित्तिकै अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

    पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द

    नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमी मनाइँदै

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

    तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

    २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिमाली र पहाडी भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको…

    प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने

    पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन…

    नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमी मनाइँदै

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑