सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनपछि पहिलोपटक स्थायी कमिटी बैठक बसेको छ। बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो।
बैठकमा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारी पनि सहभागी भएकी छन्। एमालेले असोज ६ गते भण्डारीलाई वरिष्ठ नेता बनाउँदै अध्यक्ष केपी शर्मा ओलीपछि रहने गरी वरीयता निर्धारण गरेको थियो।
वरिष्ठ नेताको जिम्मेवारी पाएपछि भण्डारी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी भएकी हुन्। उनको सहभागितालाई एमालेभित्रको नयाँ संगठनात्मक संरचनाअन्तर्गतको महत्वपूर्ण गतिविधिका रूपमा हेरिएको छ।
भण्डारीको भूमिका र जिम्मेवारी स्पष्ट गर्दै अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै अन्तरपार्टी निर्देशन (अपानि) जारी गरिसकेका छन्।
बिहीबारको बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठनात्मक विषय तथा आगामी कार्यदिशालगायतका विषयमा छलफल हुने बताइएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा