सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिन्धुलीको सुनकोशी गाउँपालिका–३, गणेशथानस्थित बीपी राजमार्गमा बुधबार बिहान जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सबै ८ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। जिप चालक भने सकुशल रहेका छन्।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा