सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ । दुई दिनमै सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ थियो । त्यसअघि आइतबार २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि लगातार दोस्रो दिन घटेको छ । मंगलबार चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ थियो । सोमबार पनि चाँदीको भाउ १४५ रुपैयाँले घटेको थियो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा